तिब्बती सरकारका प्रमुख लियो साङ जियाङ काठमाडौंमा, राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेट गर्ने कार्यक्रम
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग नेपाल भ्रमणमा रहनुभएका चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुन नेतृत्वको टोलीले उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेको छ । भेटका क्रममा उहाँहरूबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रमुख लियोले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलगायत विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रम छ । टोलीले नेपाल रहँदा नेपालका पर्यटकीयस्थल लुम्बिनी र ललितपुरको भ्रमण गरी यही कात्तिक १४ गते तिब्बत फर्कने कार्यक्रम छ ।