सफलतापछि पहिलो पटक डा. धितालसँग प्रत्यक्ष साक्षात्कार
मृत मानिसको मुटु प्रत्यारोपण गर्ने सफलता पाएपछि एकाएक चर्चित बन्नुभएका नेपाली मुटु रोग विशेषज्ञ डा. कुमुद धितालले नेपालमा यस किसिमको अनुसन्धान गर्नका निम्ति आर्थिक अभाव हुने बताउनुभएको छ । एमएनटीभीको कार्यक्रम द भाईवका निम्ति विनोद पौडेल र सुमन सिवाकोटीसँग कुराकानी गर्दै उहाँले आफ्नो सफलता नौलो नभई फरक किसिमको मात्र भएको बताउनुभएको छ । नेपालको गोरखा जिल्लामा पुख्र्यौली घर भएपनि ईटलीमा जन्मनुभएका डा. धिताल ५ वर्षदेखि सिड्नीमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ बेलायतमा कार्यरत हुनुहुन्थ्यो । सुरुमा मुसा लगायतका जीवमा परीक्षण गरी सफल भएपछि सुंगुरको मुटु प्रत्यारोपण गरी विश्वस्त भएपछि मात्रै मानिसमा यस किसिमको परीक्षण गरिएको थियो । अहिलेसम्म यस प्रकारको प्रत्यारोपण तीन जनामा गरिसकिएको पनि उहाँले बताउनुभएको छ । विस्तृत अन्तर्वार्ता हेर्न सक्नुहुन्छ एमएनटीभीको युवाकेन्द्रित कार्यक्रम द भाईवमा । – सुमन सिवाकोटी