सार्क सम्मेलनको मुख्य विषय ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’


Pro_ktm_ Foregin Minister Mahindra bahadur panday (2)आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका लागिशान्ति समृद्धिका लागि गहन सम्मिलन भन्ने नारा तय भएको शिखर सम्मेलन आगामी मङ्सिर १० ११ गते काठमाडौँमा आयोजना हुँदैछ सार्क सदस्य मुलुकहरूबीच भएका आपसी कुराकानी पूर्व परराष्ट्रमन्त्री एवम् राजदूत डा भेषबहादुर थापाको संयोजकत्वमा गठित सल्लाहकार समितिले दिएको सुझावका आधारमा नेपाल सरकारले सो नारा तय गरेको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो सिंहदरबारस्थित कार्यकक्षमा उहाँले रासससँग कुराकानी गर्दै सार्क मुलुकमा दिगो आर्थिक सामाजिक विकास लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि दिगो शान्ति अपरिहार्य भएकाले सो नारा तय गरिएको जानकारी दिनुभयो शान्ति कुनै एक मुलुकमा मात्र भएर हुँदैन, हामीले आपसी सम्बन्ध एकताकै आधारमा शान्तिलाई अगाडि बढाउनुपर्छ, मन्त्री पाण्डेले भन्नुभयो उहाँले आर्थिक तथा सामाजिक समृद्धि भएन भने अस्थिरता हुन्छ, त्यस्तो अवस्थामा लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन बताउनुभयो सार्कका सिद्धान्त उद्देश्य पूरा गर्न आर्थिक एवम् सामाजिक समृद्धि आवश्यक पर्छ, यसका लागि दिगो शान्ति आवश्यक पर्छ, मन्त्री पाण्डेले भन्नुभयो माल्दिभ्समा सम्पन्न सत्रौँ शिखर सम्मेलनको मुख्य विषय सम्बन्ध निर्माण भन्ने थियो उहाँका अनुसार शिखर सम्मेलनका क्रममा सार्क सदस्य मुलुकबीचको सहकार्यलाई फलदायी बनाउँदै, आपसी समझदारी सहसम्बन्धलाई सवलीकरण गर्दै सामूहिक पहिचान, क्षमता, मूल्य, मान्यता, सभ्यता जनताका चाहनामा आधारित भएर काठमाडौँ घोषणापत्र जारी गरिने काठमाडौँ घोषणापत्रको मस्यौदालाई सरकारले कूटनीतिक संयन्त्रमार्फत सदस्य मुलुकलाई पठाइसकेको प्रस्तावित मस्यौदामा शान्ति, विकास, समृद्धि लोकतन्त्रमा असर पार्ने सीमा क्षेत्रको समस्या, आतङ्ककारी गतिविधि, अतिवाद, धार्मिक अतिवादजस्ता चुनौतीसँग जुझ्ने कार्यमा जोड दिइएको साथै, यहाँका बजार विस्तार, वातावरणीय प्रदूषण, मौसम परिवर्तन, प्राकृतिक विपद्जस्ता समस्या कम वा रोकथामलाई पनि प्राथमिकता दिइएको घोषणापत्रमा यस क्षेत्रका युवालाई रोजगार सिर्जनशील बनाउने, सन् २०३० सम्म यस क्षेत्रबाट निरक्षरता उन्मूलन गर्ने विषय प्रस्ताव गरिएको यस क्षेत्रको गुणस्तरीय शिक्षालाई सवलीकरण गर्न भौतिक पूर्वाधार विकास, पाठ्यक्रम, शिक्षण विधिमा सामूहिक रुपमा परिवर्तन गर्ने त्यस प्रकारको सोच भएको सिर्जनशील मानव संसाधन विकास गर्ने गरी सम्बन्धित मुलुकले नीति ल्याउने घोषणपत्रमा उल्लेख गरिएको सम्मेलनमा पर्यवेक्षक मुलुकका विचार अनुभवलाई समावेश गर्न पर्यवेक्षक मुलुकबाट आउने प्रतिनिधिलाई उद्घाटन सत्रमा सम्बोधन गर्न दिन सयम उपलब्ध गराउने बारेमा प्रारम्भिक चरणमा कुराकानी भइरहेको मन्त्री पाण्डेले जानकारी दिनुभयो उहाँका अनुसार पर्यवेक्षक देशका मन्त्री शिखर सम्मेलनमा भाग लिन आएमा उनीहरूलाई सदस्य राष्ट्रप्रमुखले लिएको आधा जति समय सम्बोधनका लागि उपलब्ध गराउने सोच बनाइएको सार्कमा अमेरिका, चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलियाजस्ता मुलुक पनि पर्यवेक्षक छन् मन्त्री पाण्डेले २१औँ शताब्दी एसियाको शताब्दी भएको सार्क दक्षिण पूर्वी एसिया रहेकाले यसको विश्व रङ्गमञ्चमा यसको महत्व बढिरहेको बताउनुभयो दोस्रो शक्तिशाली अर्थतन्त्र भएको चीन, तेस्रो सवल अर्थतन्त्र जापान पर्यवेक्षक हुनु यसका उदाहरण हुन्, उहाँले भन्नुभयो मन्त्री पाण्डेले भन्नुभयोनेपाल राजनीतिक सङ्क्रमणलाई चिर्दै आर्थिक एवम् सामाजिक विकासका पथमा अगाडि बढेको , सन् २०२२ सम्म विकासशील मुलुकमा जाने प्रतिबद्धता जनाएको त्यसकारण नेपालको पनि विश्वमा महत्व नहुने कुरै भएन )उहाँले भन्नुभयोएघाराँै शिखर सम्मेलनसम्म आइपुग्दा कुनै दुई मुलुकका सरकार प्रमुखबीच हात मिलाउन पनि गाह्रो परेको अवस्था थियो अब त्यस्तो अवस्था रहेन आज ती मुलुकका प्रमुखहरू एकअर्कामा हार्दिक व्यवहार प्रदर्शन गर्नुहुन्छ यही नै सार्कको सफलता हो सार्कको वडापत्रमा सर्वसम्मतिका आधारमा निर्णय गर्ने भन्ने यस्ता क्षेत्रीय संस्थामा द्विपक्षीय विषय ल्याउनु हुँदैन यसको अर्थ द्विपक्षीय कुरा गर्न कसैलाई छेकेको छैन, बरु सहजीकरण हुन्छ स्थापनाकालमा त्यसबेलाको नेतृत्वले बुद्धिमतापूर्वक नै त्यस्तो व्यवस्था गर्नुभएको देखिन्छ, परराष्ट्र मन्त्री पाण्डेले भन्नुभयो उहाँले सम्मेलनका दौरान हुने खुल्ला अनौपचारिक छलफलले पारस्परिक हित, मित्रता एवम् समझदारी अभिवृद्धि गर्ने सङ्गठनलाई अगाडि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो मन्त्री पाण्डले सार्कलाई अझ प्रभावकारी बनाउन कार्यक्रम समितिलाई वडापत्रमा ल्याउने प्रस्ताव गरेको जानकारी दिनुभयो उहाँका अनुसार प्रत्येक तीन महिनामा एक पटक कार्यक्रम समितिको बैठक गर्ने, प्रत्येक महिनामा सचिवस्तरको बैठक एक वर्षमा एक पटक मन्त्रिस्तरको बैठक बस्नुपर्छ त्यसपछि दुई दुई वर्षमा शिखर सम्मेलन गर्ने क्रमलाई नियमित कार्यक्रमका रुपमा कार्यन्वयन गरिनुुपर्छ उहाँले भन्नुभयोत्यसो हुनसकेमा अनुगमन, मूल्याङ्कन समीक्षाका कार्यलाई पनि व्यवस्थित बनाउन सकिन्छ के भयो वा भएन भन्ने कुरालाई बीचबीचमा केलाउनुपर्छ त्यसो भएमा सार्कको सङ्गठन गतिशील, उत्पादनमूलक, क्षेत्रीयरुपमा सहयोगी हुन्छ शिखर सम्मेलनका तयारीका सबै काम यही कात्तिक २५ गतेभित्र पूरा हुने जानकारी पनि मन्त्री पाण्डेले दिनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?