अनौपचारिक छलफल जारी, बाबुराम भट्टराईबाट सूर्यबहादुर थापा, सीपी मैनाली, चित्रबहादुर केसी र नारायणमान विजुक्छेसँग छलफल, राप्रपा नेपालसँग पनि भयो परामर्श


baburamसंवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभाको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग संविधान निर्माणका विविध पक्षबारे छलफल गरेको छ । समितिको कार्यालय सिंहदरबारमा  भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति डा। बाबुराम भट्टराईले जानकारी दिनुभयो । उहाँले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा ९माले०का महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गर्नुभएको थियो ।  संवाद समितिको असोज ११ गते बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षसँग अनौपचारिक कुराकानी गर्ने र १४ गते औपचारिक बैठक राख्ने निर्णय गरेअनुसार नै सभापति भट्टराईले अनौपचारिक छलफललाई निरन्तरता दिनुभएको हो । छलफलपछि सभापति भट्टराईले भन्नुभयो, “उहाँहरूसँग संविधानका विवाद टुङ्ग्याउन बाँकी रहेका विषयको निरूपण कसरी गर्ने भन्ने विषय र अर्कोचाहिँ हामी आफैँले निर्धारण गरेको समयसीमा पटक–पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ । उहाँहरूले महत्वपूर्ण सुझाव दिनुभएको छ ।”संवाद समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्दैछ ।छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्म सापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताउनुभयो ।  छलफलमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने सङ्घीयताले नै संविधान निर्माण प्रक्रियालाई अप्ठ्यारोमा पारेकाले उक्त विषयलाई थातीमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?