एसएमएस गरेर एमाले केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठक २२ गते
एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै माधवकुमार नेपाल लगायतको समूहले विरोध गरेपछि एमाले केन्द्रीय कमिटीको बैठक अर्कोपटक पनि स्थगित भएको छ । केन्द्रीय सदस्यहरुले अन्तिम समयमा आएर एसएमएस मार्फत बैठक स्थगित गर्नु राम्रो संकेत नभएको भन्दै विरोध गरेका छन् । यही कात्तिक १४ गतेदेखि प्रारम्भ भएको तेस्रो पूर्ण बैठकमा कार्यविभाजनलगायतका महत्वपूर्ण कार्यसूची भएपनि संविधानसभाका कार्यमा नेताहरू व्यस्त हुनुभएकाले यही २२ गते बस्ने गरी बैठक स्थगन भएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । कात्तिक १४ गतेको बैठकमा नेता माधवकुमार नेपालले पार्टी नेतृत्वले एकलौटी रुपमा कार्यहरू गरेको विषयमा लिखित ध्यानाकर्षण गराउनुभएको विषयमा पनि पार्टीभित्र छलफल हुन पाएको छैन ।