कानून बनाउनेले नै कानूनको पालना गरेर उदाहरण दिनुपर्ने अख्तियार प्रमुख कार्कीको भनाई


karkiअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कानुन बनाउनेले त्यसको पालना गर्नुपर्नेमा जोड दिँदै त्यसो भएमा मात्रै अरुले विधिको शासन र सुशासनको अनुशरण गर्ने बताउनुभएको छ । नइ प्रकाशनद्वारा आज यहाँ आयोजित बाल प्रतिभा पुरस्कार वितरण कार्यक्रममा प्रमुख आयुक्त कार्कीले भन्नुभयो, “निमुखलाई मात्र कानुन लाग्ने अनि पहुँचवालालाई कानुन नलाग्ने अवस्था रहेसम्म मुलुकको विकास हुन सक्दैन ।” व्यवस्थापिका–संसद्को अर्थ समितिले जलस्रोतसँग सम्बन्धित विषयमा आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भोलिपल्ट प्रमुख आयुक्त कार्कीले मुलुकमा अपार जलस्रोतको सम्भावना भएपनि झरनाका पानी खेर गइरहेकातर्फ ध्यानाकर्षण गराउनुभयो । औँलामा गन्न सकिने केही व्यक्तिले मात्रै विकासको फाइदा लिने अवस्थाले मुलुकमा सुशासन कायम हुन नसक्ने भन्दै उहाँले आफ्नो स्वार्थ मिलिन्जेल कानुन मान्ने र स्वार्थ नमिल्ने भएपनि कानुनलाई कागजको खोस्टा मान्ने प्रवृत्तिले देशको विकास नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?