सार्क सम्मेलन अघि नै सहमति गर्न संविधानसभाध्यक्ष सुवास नेम्वांगको आग्रह, सहमतिको विषय सबै क्षेत्रीय शक्तिहरुलाई सुनाउन पाए राम्रो सन्देश जाने


suvasसभामुख सुवासचन्द्र नेम्वाङले संविधानका विवादित चार कायसूचीमा आगामी सार्क सम्मेलन हुनभन्दा अगाडि नै सहमति गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोग० ले आज यहाँ आयोजना गरेको ‘भावी संविधानमा निर्वाचन प्रणाली’ विषयक सम्वाद कार्यक्रममा उहाँले दलहरूले दुई घण्टामा सहमति गर्ने प्रतिवद्धताअनुसार विवादित विषयमा सहमति भयो भनेर सुनाउन पाउँदा राम्रो सन्देश जाने बताउनुभयो । “सार्कमा आउने सबै प्रत्येक राष्ट्र प्रमुखबाट संविधान कहिले बन्छ रु विवादित विषयमा सहमति भयो रु भन्ने शब्द सुन्नुपर्छ, त्यसले गर्दा सार्कभन्दा पहिले नै दलका नेताले सहमति गर्नुप¥यो”–सभामुख नेम्वाङ्ले भन्नुभयो । उहाँले दलका नेताहरूले विभिन्न होटल र रिसोर्टहरूमा गएर बैठक बस्नुभन्दा संसद भवनभित्रै बसेर गहन तरिकाले छलफल गर्नसमेत अनुरोध गर्नुभयो । कार्यक्रम नेकपा ९एमाले० का सचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन प्रणाली पारदर्शी, कम खर्चिलो, मतदातालाई सहज हुने खालको हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता रमेश लेखकले कुनै पनि निर्वाचन प्रणाली आफैँमा सही र गलत नभएको र त्यसलाई प्रयोग गर्ने दलहरूले समावेशीता, मितव्ययिता र सरलतालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । निर्वाचन आयोगका सचिव मधु रेग्मीले मतदाताले सहजै बुझ्न सक्ने मतपत्र, सबै वर्ग, क्षेत्रलाई सम्बोधन गर्ने खालको र कम खर्चिलो निर्वाचन प्रणाली हुनुपर्ने विचार राख्नुभयो । कार्यक्रममा सहभागी अभिवक्ता, नागरिक समाजका प्रतिनिधि, मावनअधिकारकर्मी र सञ्चारकर्मीले मुलुकको निर्वाचन प्रणालीमा समस्या नभएर दलका नेताहरूको आचरण र संस्कारमा समस्या भएको धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?