साफ च्याम्पियनसीप महिला फुटबल : नेपालद्वारा भुटान पराजित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भुटानलाई पराजित गर्दै तेस्रो साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिन्ना रङ्गशालामा भएको सो प्रतियोगितामा नेपालले भुटानलाई ८–¬० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । नेपालको जितमा सजना राना, अणु लामा र दिपा अधिकारीले समान दुई÷दुई गोल गरे भने मेनुका गिरी र पहिलोपटक राष्ट्रिय टोलीबाट डेब्यु गरेकी सवित्रा भण्डारीले एक÷एक गोल गरे । प्रतियोगितामा नेपाली टोलीका मिडफिल्डर सजनाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । उनले खेलको १०औँ मिनेटमा करिब ३५ यार्डबाट प्रहार गरेको फ्रिकिक बलले सिधै जाली चुमेको थियो । खेलको १५ औँ मिनेटमा सजनाले करिब ३५ यार्डबाट प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरिन पुगेको थियो । नेपालका अर्का डिफेन्डर मेनुका गिरीले खेलको २२औँ मिनेटमा एक गोल थप्दै नेपालको अग्रता दोब्बर बनाइन् । यसैगरी नेपाली टोलीकी कप्तान अणु लामाले खेलको ३६ र ३८औँ मिनेटमा दुई गोल थपे । उनले पहिलो गोल एकल प्रयासमा गरेकी थिइन् भने दोस्रो गोल डि एरियाबाट गरिन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा नेपालकी सजनाले पुनः एक गोल गरिन् । उनले कप्तान अणु पासमा गोल गरेकी थिएन । खेलको पहिलोहाफसम्म ५¬० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो । दोस्रो हाफ सुरु भएको ६ मिनेटमा मिडफिल्डर दिपा अधिकारी गोल गर्नबाट चुकिन् । खेलको ५१औँ मिनेटमा कप्तान अणु लामाको सहयोगमा प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाउ गरेपछि अधिकारी गोल गर्नबाट चुकेकी हुन् । खेलको ५१ औँ मिनेटमा गोल गर्न चुकेपनि दिपाले खेलको ६०औँ मिनेटमा पाएको अर्को मौकालाई सदुपयोग गर्दै डिबक्स नजिकबाट एक गोल गरिन् भने खेलको ८४औँ मिनेटमा उनले एक गोल थपिन् । उनले भुटानका गोलरक्षक अगाडि बढिरहेको मौका छोप्दै खाली पोस्टमा गोल गरेकी हुन् । नेपालका अर्का फरवार्ड सावित्रीले मैदान प्रवेश गरेको १९औँ मिनेटमा एक गोल थपिन् । राष्ट्रिय टोलीमा पहिलो पटक डेब्यु गरेकी सावित्री खेलको ७०औँ मिनेटमा कृष्णा खत्रीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार कटवालले आफ्नो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सोचेअनुरुपको अङ्क भने जोड्न नसकेको बताउनुभयो । उहाँले खेल सुरुवाती १५औँ मिनेटसम्म खेलाडीको सेटिङ नमिलेता पनि त्यसपछिको खेलमा भने खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताउँदै पाकिस्तानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली टोलीका कप्तान अणु लामाले आफूले सोचेअनुसारको नतिजा नआएपनि आगामी दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गर्नुभयो । नेपाले दोस्रो खेल शुक्रबार पाकिस्तानसँग खेल्ने छ । Photo courtesy : Goal Nepal