सेतो बाघको सिड्नी प्रदर्शन सम्पन्न, ऐतिहासिक चलचित्र बुझ्ने दर्शक पाएकोमा नीर शाह खुशी


SETOBAGHऐतिहासिक पात्रहरुको विषयमा चलचित्र बनाउँदा एउटा समस्या आउँछ, इतिहासको ज्ञान नभएकाहरुले यसलाई बुझ्दैनन् । तर, स्टोरी टेलिंगको शैली सहज भयो भने यसलाई भाषा नबुझ्नेले पनि बुझ्न सक्छ । चलचित्र सेतो बाघको प्रसंगमा निर्देशक नीर शाहले मेलबर्नमा यस्तै महसूस गर्नुभयो । उहाँको भनाईमा अष्ट्रेलियाका नेपालीभाषीमात्र होइन गैरनेपालीले पनि सेतोबाघ हेरे र यसलाई बुझेर प्रशंसा गरे । निर्देशकलाई यसभन्दा खुशीको कुरा के हुनसक्छ रु सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक शाहले प्रस्तुत गरेको भाव हो यो । आफ्नो चलचित्रको प्रबद्र्धन मात्र नभएर पूरै चलचित्र क्षेत्रकै उत्थानका निम्ति पनि देश बाहिर रहने नेपालीले सिनेमालाई माया गर्नुपर्ने निष्कर्श शाहको छ । यसो भए मात्रै नेपाली चलचित्रको गुणात्मक विकास सम्भव हुन्छ । सिड्नीको सेतो बाघ प्रदर्शन माया ईभेन्टस् र डीकेपीले गरिरहेको छ । यी संस्थाका प्रतिनिधिहरुका साथ उपस्थित हुनुभएका निर्देशक शाहले आपूm मेलबर्नको प्रदर्शनबाट खुशी भएको मात्र बताउनुभएन काठमाडौंमा समेत नोभेम्बर २९ मा विशेष प्रदर्शनी गर्न लागेको जानकारी गराउनुभयो । सचेत र सबल राष्ट्रिय चलचित्र उद्योग स्थापना गर्ने एउटा अभियानका रुपमा आफ्नो यस पटकको भ्रमण निकै उपलब्धीमूलक बन्दै गएको पनि उहाँको भनाई छ । सिड्नीको हर्सभीलस्थित ईभेन्ट सिनेमामा आयोजना गरिएको प्रदर्शनीबाट खुशी रहेको शाहले बताउनुभयो। साथै, उहाँले ऐतिहासिक चलचित्रको सिड्नी प्रदर्शनमा सहयोगी भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?