अमेरिकामा एक महिना लामो स्वास्थ्य उपचार सकाएर एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फिर्ता, नयाँ जीवन प्राप्त गरेको प्रतिक्रिया


??????????????गत महिना उपचारका लागि अमेरिका जानुभएका नेकपा ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भईस्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले आफूले नयाँ जीवन प्राप्त गरेर आएको र बाँकी जीवन मुलुकको दिगो शान्ति र नयाँ संविधान निर्माण कार्यमा समर्पित गर्ने बताउनुभयो । उहाँले तोकिएको समयमा संविधान जारी गर्ने विषयमा सबै दलहरू लचिलो हुनुपर्नेमा पनि जोड दिनुभयो । नेता खनाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा पिसाब नलीमा देखिएको समस्याको उपचारपछि स्वस्थ भई फर्कनुभएको हो । उहाँ गत असोज १० गते अमेरिका जानुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?