कान्तिपुर सिटी कलेजमा प्राध्यापक श्रीरामसिंह बस्नेतको सम्मान


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????कान्तिपुर सिटी कलेजले आम सञ्चार तथा पत्रकारिता विषयका वरिष्ठ लेक्चर श्रीरामसिंह बस्नेत राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा नियुक्त हुनुभएकामा उहाँलाई सम्मान तथा बधाई दिएको छ । कार्यक्रममा कलेजका प्रबन्ध–निर्देशक प्रह्लाद कार्की र प्राध्यापक रामकृष्ण रेग्मीले उहाँँलाई सम्मान गर्नुभएको थियो । श्री बस्नेतले कान्तिपुर सिटी कलेजमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु भएदेखि हालसम्म १४ वर्षसम्म निरन्तर विभिन्न विषय अध्यापन गर्दै आउनुभएको छ । सो अवसरमा महाप्रबन्धक बस्नेतले आफ्नो तीन दशकको पत्रकारिताको यात्रामा वरिष्ठ पत्रकारद्वय मदनमणि दीक्षित र रामकृष्ण रेग्मीको प्रेरणाले निकै महत्व राखेको बताउँदै पत्रकारिता विषयमा विश्वविद्यालयमा अध्यापन र विभिन्न तालिममा प्रशिक्षण कार्यले पनि नयाँ सिकाइको अनुभव प्राप्त भएको बताउनुभयो । उहाँले राससको समाचार सेवालाई नयाँ ढङ्गबाट आम सञ्चारमाध्यमबीच अगाडि बढाउन प्रयास सुरु गरेको उल्लेख गर्दै यसमा सबैको सहयोग र सुझावको अपेक्षा गर्नुभयो । कलेजका प्रबन्ध–निर्देशक कार्कीले कलेजमा लामो समय अध्यापन गर्नुभएका श्री बस्नेतलाई सरकारले राससको महाप्रबन्धकमा नियुक्त गरेकामा कलेज निकै गौरवान्वित भएको छ भन्नुभयो ।प्राध्यापक रेग्मीले समाचार समिति कुनै एउटा मिडिया मात्र नभएर सबै मिडियाको सहयोगी संस्था भएकाले यसको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन श्री बस्नेत सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा राससका कार्यकारी सम्पादक कृष्ण अधिकारीले श्री बस्नेत एक कुशल पत्रकार, सक्षम अध्यापक मात्र नभएर यौन साहित्यका लेखक, फिलाटेलिस र प्रकोप व्यवस्थापनका विज्ञसमेत रहनुभएकाले उहाँ बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ भन्नुभयो । सो अवसरमा कलेजका प्रिन्सिपल रवि श्रेष्ठ, प्रशासन प्रमुख पर्शुराम अधिकारी, लेक्चरल आभाष राजोपाध्याय, आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम संयोजक राजीव तिमिल्सिना र बिबिए कार्यक्रमका संयोजक दिनेश बस्नेतले पनि सफल कार्यकालका लागि महाप्रबन्धक बस्नेतलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?