फिलिपिन्समा एकैदिन २२ जनाको ज्यान गयो, अलकायदासँगको लडाईँमा भयो हताहती


philipinnesदक्षिणी फिलिपिन्सको छुट्टाछुट्टै इलाकामा जारी द्वन्द्वमा शुक्रबार एक दिनमा २२ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । बिहान सबेरै जङ्गलको क्षेत्रमा सरकारीबल र अल कायदासँगआवद्ध आतङ्ककारी समूहबीच भएको भिषण लडाईमा १५ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । झडपमा विभिन्न मुस्लिम अतिवादीहरु समूहलगायत डाँका समूहका सदस्यहरुको समेत सहभागिता रहेको जनाइएको छ । दक्षिणी द्वीप बासिलानमा भएको झडपमा वृक्षारोपनका कामदारहरुको पनि मृत्यु भएको जनाइएको छ । मारिएका ती कामदारहरुमा बाबु र छोरा समेत परेका बताइएको छ ।सो घटनामा मारिएका सबै सर्वसधारण व्यक्तिहरु मात्र परेका जनाइएको छ । सोही दिन दक्षिणी सहर पिकिटमा बाङ्गसामोरो र इस्लामिस्ट फ्रिडक फाइट्रस (बीआइएफएफ) ले गरेको मोर्टास आक्रमणमा एक आठ वर्षीया बालिका र ४३ वर्षीय पुरुषको मृत्यु भएको क्षेत्रीय सैनिक प्रवक्ता कर्णेल डिकसन हेर्मोसोले बताउनुभएको छ । यसअघि नै जोलो द्वीपमा अल कायदा आतङ्ककारी समूहका अबु सयाफ अतिवादी समूह र सैनिकबीच भएको झडपमा पाँच सैनिक र १० आतङ्ककारीको मृत्यु भएको बताइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?