आज राष्ट्रिय कफी दिवस, नारा कफीखेतीको विस्तार, आम्दानीको आधार


nepali coffie‘कफीखेतीको विस्तार, आम्दानीको आधार’ भन्ने मूल नाराका साथ आज कफी दिवस मनाइँदै छ । समुद्री सतहदेखि करिब ८०० मिटरदेखि १६ सय मिटरको उचाइ कफीखेतीलाई उत्तम क्षेत्र मान्न सकिन्छ । यहाँ व्यावसायिक तवरबाट अराविका जातको कफीखेती गरिँदै आएको छ । नेपालमा पहिलोपटक गुल्मी जिल्लाको आँपचौरबाट कफीखेतीको सुरुवात भएको हो । नेपालमा कफीखेतीको सुरुवात १९९५ सालमा गुल्मीको आँपचौरबाट सुरु भए पनि करिब ३७ वर्षपछि २०३२ सालमा सरकारीस्तरबाट बीउ भारतबाट आयात गरी किसानलाई वितरण गरी व्यावसायिक खेतीका रूपमा विकास भएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका निर्देशक रमणप्रसाद पाठकले मध्य पहाडका ४० जिल्लाका ३० हजार कृषकले करिब एक हजार ९११ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा कफीखेती गर्दै आएको जानकारी दिनुभयो । विश्वमा १०० देशमा व्यावसायिक कफीखेती गरिँदै आएको छ । जसमध्ये ४० देशमा जैविक कफीखेती गरिन्छ । नेपाल आठौँ जैविक कफी उत्पादन गर्ने देशको गणनामा स्थापित भएको छ । हाल ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, अर्घाखाँची, बाग्लुङ, पर्वत, गोरखा, लम्जुङ, धादिङ, तनहुँ, मकवानपुर, रसुवा, नुवाकोट, ओखलढुङ्गा, रामेछाप र इलाम जिल्लामा व्यावसायिक रूपमा कफीखेती हुँदै आएको छ भने म्याग्दी, सङ्खुवासभा, पाँचथर, रुकुम, सल्यान र जाजरकोटमा कफीखेती क्रमिक रूपमा विस्तार भइरहेको बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६÷०६७ मा १९ हजार ५०० कृषकले एक हजार ६३० हेक्टर क्षेत्रफलमा कफीखेती गरेको र त्यसबाट ४२९ टन कफी उत्पादन गरेका थिए । आव ०६७÷०६८ मा २२ हजार कृषकले एक हजार ७५२ हेक्टर क्षेत्रफलमा ५०२ टन, आव ०६८÷०६९ मा २५ हजार कृषकले एक हजार ७६० हेक्टर क्षेत्रफलमा ५२३ टन, आव ०६९÷०७० मा २७ हजार ५०० कृषकले एक हजार ७५० हेक्टर क्षेत्रफलमा ४५७ टन र ०७०÷०७१ मा ३० हजार ५४३ कृषकले एक हजार ९११ हेक्टर क्षेत्रफलमा कफीखेती गरी ५२४ टन उत्पादन भएको बोर्डले जनाएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०५२÷०५३ मा साल्टट्रेडिङ् कर्पोरेसनको पहलमा १६ टन कफी नेदरल्याण्ड्स निर्यात गरिएको थियो । यो निर्यात नै नेपाली कफीको पहिलो अन्तर्राष्ट्रिय बजार थियो । आर्थिक वर्ष ०६०÷०६१ मा १८, ०६१÷०६२ मा ६६, ०६२÷०६३ मा ९२, ०६३÷०६४ मा ११२, ०६४÷०६५ मा १२७, ०६५÷०६६ मा ११२, ०६६÷०६७ मा १२०, ०६७÷०६८ मा २७९ ०६८÷०६९ मा १०९, ०६९÷७० मा ८५, र ०७०÷७१ मा ६६.४२ मेट्रिकटन कफी जापान, अमेरिका, कोरिया, दुबईलगायत युरोपेली मुलुकमा निर्यात हँुदै आएको छ । बोर्डका अनुसार आव २०६४÷०६५ मा रु छ करोड ४४ लाख, २०६६÷०६७ मा रु पाँच करोड ४४ लाख र ०७०÷०७१ मा रु तीन करोड ४८ लाख बराबरको कफी नेपालमा आयात भएको छ । पाँच वर्षको तथ्याङ्कअनुसार आयातको अनुपात क्रमिक रूपमा घट्दै गएको देखिन्छ । बोर्डले कफीको विकास एवम् प्रवद्र्धनका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने, कार्य गर्दै आएको छ । सरकारले आयआर्जन एवम् रोजगारीको अवसर वृद्धि गर्न २०५० सालमा राष्ट्रिय चिया तथा कफी बोर्डको स्थापना गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?