रसियालाई थप नाकाबन्दी लगाउने युरोपको तयारी, वार्ताको ढोका भने बन्द नगरिने
युरोपियन युनियनले रसियामाथि थप नाकाबन्दी लगाउने बारेमा छलफल सुरु गरेको छ । युरोपेली युनियनआवद्ध युरोपेली राष्ट्रका विदेशमन्त्रीहरुको बैठक सोमबार ब्रसेल्समा सुरु भएको छ । सो बैठकमा रसियामाथि लगाउने थप नाकाबन्दीका बारेमा छलफल सुरु भएको बताइएको छ । तर सो बैठकका केही सहभागीले भने उक्त विषयमा रसियासँग वार्ताको ढोका भने बन्द गरिहाल्न नहुने पनि बताएका छन् । युनियन आवद्ध विदेशमन्त्रीका नयाँ प्रमुख फेडरिक मोगेरिनीले मस्कोसँग वार्ताका लागि ढोका बन्द नै गरिहाल्न भने नहुने धारणा राखेका बताइएको छ । युक्रेनका विषयलाई लिएर गएको करिब वर्षदिनयतादेखि पश्चिमी राष्ट्र र रसिया बीचको विवाद चुलिँदै गएको छ । यता युक्रेनको पूर्वी भागमा विद्रोही र सुरक्षा निकायबीच झडप जारी रहेका बेला ब्रसेल्समा विदेशमन्त्रीहरुको बैठक सुरु भएको हो । यसैबीच, युरोयियन युनियनले सोमबार इस्लामिक स्टेट् ९आइएस० आतङ्ककारी समूहसँग डटेर लड्ने प्रतिबद्धता व्यक्त गरेको छ । आइएस आतङ्ककारी समूहले अमेरिकी सहायताकर्मी अब्दुल रहमान कासिगको हत्या गरेपछि युरोपियन युनियनले सो प्रतिवद्ध्ता व्यक्त गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले कासिगको मृत्युको पुष्टि गर्नु भएको छ । २६ बर्षीय कासिगको हत्याको आइएसले भिडियो पनि सार्वजनिक गरेको थियो । सिरिया र इराकमा ठूलो आतङ्क मच्चाइरहेका आइएसले गत अक्टोबरमा पनि एक बेलायती सहायताकर्मी एलन हेनिङ्को हत्या गरेको थियो । सोही बेलामा आइएस आतङ्ककारी समूहले कासिगको हत्या गर्ने धम्की पनि दिएको बताइएको छ । सिरिया र इराकमा आतङ्क मच्चाइरहेका आइएस र अन्य आतङ्ककारी समूहसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगबाट सामाना गर्ने युरोपिन युनियनले कडा प्रतिवद्धता व्यक्त गरेको छ । आइएस विरुद्ध अमेरिकाले सिरिया र इराकमा सुरु गरेको हवाई आक्रमणमा युरोपियन युनियनका राष्ट्रहरु बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स र नेडरल्यान्ड सहभागी रहेका छन् ।