भारत पनि पुग्यो सेमिफाईनलमा, अफगानिस्तानलाई एक दर्जन गोल, तीनै खेल जितेर भारत अगाडि


footballपाकिस्तानको इस्लामावादमा जारी तेस्रो साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा भारतले अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । इस्लामावादको जिन्ना रङ्गशालामा आज भएको सो प्रतियोगितामा भारतले अफगानिस्तानलाई १२–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै गोलअन्तरका आधारमा समूह ‘ए’ को विजतासमेत बन्यो । प्रतियोगितामा तीन खेल खेलेको भारतले तीनै खेलमा जित हासिल गरेको छ । भारतको जितमा बाला देवीले पाँच गोल गरिन् भने इन्दुमाथिका थिरसनले र इरोम प्रामिस्वरी देवीले ह्याट्रिक पूरा गरे । बाला देवीले खेलको ४, १२ ३३, ३९ र ८४ औँ मिनेटमा पाँच गोल गरिन् भने इन्दुमाथिकाले खेलको ३, ७ र ५१ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यस्तै इरोम प्रामिस्वरीले खेलको २१, पहिलो हाफको अतिरित्त समय (४१ प्ल्स १) र ६९ औँ मिनेटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यसैगरी सोही मैदानमा भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो । बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको हो । बङ्गलादेशको जित मयनु मारमाले खेलको १८ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै सविना खातुनले खेलको ३५ र ८७ औँ मिनेटमा दुई गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरिन् । माल्दिभ्सले भने खेलको ८१ औँ मिनेटमा एसहाथ सामाले एक सान्त्वना गोल फर्काएको थिइन् । यस खेलसँगै नेपालले सेमिफाइनलमा बङ्गलादेशसँगको भेट पक्का गरेको छ भने भारतले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । आठ राष्ट्रले भाग लिएको सो प्रतियोगितामा आयोजक पाकिस्तान, भुटान, माल्दिभ्स र अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?