अष्ट्रेलियाको संसदलाई भारतीय प्रधानमन्त्रीको सम्बोधन, अष्ट्रेलिया भारतको आर्थिक साझेदार भएको भनाई
गत २८ वर्षमा पहिलो पटक अष्ट्रेलियाको औपचारिक भ्रमण गर्ने प्रधानमन्त्रीको रुपमा इतिहास कायम गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार क्यानबेरामा अष्ट्रेलियन संसदलाई सम्बोधन गर्नुभएको छ । सुरुमै आपूm एकै सातामा संसदमा बोल्ने तेस्रो सरकारप्रमुख भएको भन्दै ठट्यौलो पारामा उपस्थित हुनुभएको थियो । तर, अष्ट्रेलिया र भारत उस्तैखाले समस्याहरुसँग जुधिरहेको र उस्तैखाले अवसरहरुको निम्ति अघि बढिरहेको बताउनुभएको थियो । उहाँले भारलाई युवा राष्ट्रको रुपमा व्याख्या गर्दै ३५ वर्षमुनीको जनसंख्या मात्रै ६५ प्रतिशत रहेको मुलुक भारत तिव्रताका साथ अघि बढ्ने र यसमा अष्ट्रेलियासहित विश्वको साथ चाहेको बताउनुभयो । अष्ट्रेलियाले भारतको शिक्षा, स्वास्थ्य, शिप, ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्नसक्ने भन्दै उहाँले आमन्त्रण पनि गर्नुभयो । दुई देशकाबीचमा भर्खरै चीनसँग भएजस्तै स्वतन्त्र व्यापार सम्झौताको तयारीका निम्ति पनि दुबै प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । यसको तयारी सुरु भइसकेको बताइएको छ ।