जस्तोसुकै षडयन्त्र परास्त गरेर भए पनि संविधान जारी गर्ने एमाले अध्यक्षको भनाई


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा संविधान बनाउन नदिने षडयन्त्रमा लागेका शक्तिलाई परास्त गरेर भए पनि आगामी माघ ८ गते नै संविधान जारी गरिने जिकिर गर्नुभएको छ । एमाले इलामको आजदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,“संविधान बन्न नदिन केही तत्व सक्रिय बनेका छन्, त्यस्तालाई परास्त गरेर मुलुकलाई सुहाउँदो र लोकतान्त्रिक संविधान दिन्छौँ ।”  संवैधानिक राजनीतिक संवाद समितिका सभापति डा बाबुराम भट्टराईले संविधान बनाउनेभन्दा पनि समितिमा आफ्नो पार्टीको विचार लाद्न खोजेको टिप्पणी टिप्पणी गर्दै उहाँले प्रक्रियामा जान नमान्नेहरू उफ्रँदै, कराउँदै गर्छन्, तर पनि संविधान जारी गरेरै छाड्छौँ भन्नुभयो ।  विभिन्न ठाउँमा गएर जातीय द्वेष फैलाउनेलाई जनताले अब त्यसै नछाड्ने बताउँदै उहाँले प्रतिपक्षी दलले जताततै गएर जनतालाई बिनाकारण उचाल्ने र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो । सोही अवसरमा एमाले केन्द्रीय अनुसन्धान आयोगका सदस्य अगम वान्तवाद्वारा लिखित ‘इलाम जिल्लाको कम्प्युनिस्ट इतिहास’ र नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी इलामद्वारा प्रकाशित ‘गर्जन’ नामक पुस्तकको  विमोचन गरियो ।  र  कार्यक्रममा एमालेका सचिव योगेश भट्टराई, सभासद् केशव थापा, राप्रपाका सोमनाथ बाँस्तोला, सभासद् रवीन कोइरालालगायतले मन्तव्य राख्नुभएको थियो । अध्यक्षका लागि उपाध्यक्ष राम राना र सचिव गणेश बरालको नाम चर्चामा छ । छ सय २५ प्रतिनिधि सहभागी जिल्ला सम्मेलनअन्तर्गत गौतम बुद्ध सभागृहमा साँझ ५ बजेदेखि बन्दसत्र चलेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?