थाईल्याण्डका राजाको मानहानी गरेको भन्दै पत्रकारलाई पाँच वर्ष कैद सजाय
थाइल्याण्डका एकजना रेडियोकर्मीलाई राजाको मानहानी गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकिएको छ । सैनिक अदालतले उनलाई सो सजाय सुनाएको बताइएको छ । उनीमाथि सो अभियोग लगाई छानबीन सुरु भएको थियो । त्यहाँको अदालतले ५९ वर्षीय थाई पत्रकार खतवाउतलाई सो सजाय दिएको बताइएको छ । उनले विदेशमा समेत पुग्नेगरी अनलाईन रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दथे । सो रेडियोमा प्रस्तुत गरिएको समाचार र कार्यक्रममा राजाको मानहानी भएको भन्दै ती पत्रकारलाई यक्त अभियोग लगाइएको थियो । उनका वकिलले ती पत्रकारमाथि पाँच वर्षको जेल सजाय सुनाइएको बताएका छन् । ती पत्रकारले प्रस्तुत गरेको समाचार र कार्यक्रममा राजाको मानाहानी भएको सरकारको आरोप थियो । थाईल्यान्डमा राजा, रानी, युवराजसहित राजपरिवारका सदस्यमाथि यस्तो मानहानी गरिएमा उनीहरुमाथि बढीमा १५ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ । पछिल्लो सममा त्यहाँ प्रजातन्त्रका लागि जारी रहेको आन्दोलनका क्रममा राजामाथि मानहानी भएका भन्ने समाचारहरु आइनै रहेका पाइन्छन् । केही समययतादेखि थाईल्यान्डमा सैनिक शासन नै रहेकोले यस्तो विषयलाई झनै कडा गरेको बताइएको छ ।