चौवीस घण्टासम्म झडप गरी प्रहरीले नियन्त्रणमा लियो रामपाल बाबा


rampalभारतीय प्रहरीले उत्तर भारतमा अवस्थित एक आश्रमबाट बुधबार अबेर राति ६३ वर्षीय रामपाल महाराज नामक एक गुरुलाई पक्राउ गरेको उत्तरी हरियाणा राज्य एक आश्रमबाट बुधबार अबेर राति उनी पक्राउ परेका हुन् पक्राउ वारेन्ट जारी भएपछि उनका समर्थक प्रहरीबीच २४ घण्टा भन्दा बढी समयसम्म जारी रहेको झडपपछि उनी पक्राउ परेका छन् सो झडपको क्रममा प्रहरीले आश्रमबाट पाँच व्यक्तिको शव बरामद समेत गरेका थिए ती शवहरू एक बालक चार महिलाको रहेको थियो एक पुरुषको भने हृदयघातको कारण उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो   पक्राउ पूर्जी जारी गरिएका रामपाललाई सो आश्रममा उनका समर्थकले लुकाएर राखेका थिए हत्या, जालसाजीलगायत अन्य विभिन्न आरोपमा एक अदालतले पक्राउको आदेश जारी गरेपछि गत मङ्गलबारदेखि नै आश्रमस्थित उनका सयौं समर्थकले विरोध प्रदर्शन गर्नुको साथै प्रहरी भ्यान आगजनीलगायत विभिन्न हिंसा मच्चाउँदै आएका थिए रामपाल समर्थक सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा अश्रूग्याससमेत प्रयोग गर्नुपरेको थियो आश्रमबाट प्रहरीका अनुसार २५० निजी सैनिकसहित सय भन्दा बढी रामपालका भक्तहरूलाई रामपालसँग पक्राउ गरिएको

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?