बिमा रकमको लोभमा बिहे गर्दै श्रीमानहरुको हत्या गर्ने एक ६७ वर्षीय बृद्धा प्रहरी नियन्त्रणमा
आफ्ना पतिहरूलाई अनेक प्रकारले मारेको अभियोगमा जापानी प्रहरीले एउटी ६७ वर्षीया महिलालाई पक्राउ गरेको छ । ती महिलाले एकपछि अर्को गर्दै पाँचजना पुरुषसँग विवाह गरेकी र पछिल्लो पति गत वर्षको अन्त्यतिर मारिएका थिए । चिसाको काकेही नाम भएकी उक्त महिलाका ७५ वर्षीय पछिल्ला पति गत वर्षको डिसेम्बर महिनामा मारिएका र उक्त घटनाको एक महिनाअघि मात्र यी जोडीको विवाह भएको बताइएको छ । टोकियो जिल्ला प्रहरीले सो पछिल्ला पतिको शव जाँच गर्दा ‘पोटासियम साइनाइड’ नामक कडा विष फेला पारेको खुलासा भएको छ । उक्त महिला चिसाकोले यसअघि अलग अलग व्यक्तिसँग चार पटक विवाह गरिसकेको जनाइएको छ । विवाह भएको केही वर्षमै प्रत्येक पतिको मृत्यु भएको थियो । यस पूर्व उनका एकजना अघिल्ला ७१ वर्षीय पतिको सन् २०१३ मा मोटरसाइकल चलाउँदा चलाउँदै मृत्यु भएको थियो । यस समयमा .हृदयरोगको कारण मृत्यु भएको भनी आशङ्का गरिएको थियो । तर उनको शव विस्तृत परीक्षणपछि उनको ‘सोटासियम साइनाइड’ नै फेला परेको थियो । ती महिलाले एकपछि अर्को गर्दै पतिहरूलाई धमाधम मार्नुको पछाडि जीवन बिमा तथा अन्य उपलब्ध आर्थिक सुविधा हत्याउने हुनसक्ने स्थानीय सञ्चारमाध्यमले आशड्का गरेका छन् । ती महिलाले आफ्ना पतिहरूको हत्या गरेको स्थल पश्चिम जापानको क्योदो र ओसाका महानगर आसपास रहेको समाचारमा जनाइएको छ ।