भेरीमा डुबेको बसबाट ४७ शव निकालियो (नामावलीसहित) पन्ध्र शव सनखत हुन बाँकी
बिहीबार जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमका लागि गएको यात्रु बाहक बस भुर गाविस–७ भुरचौरमा भेरी नदीमा खसेको थियो । पानीभित्र रहेको बसबाट कर्णाली चिसापानी, पोखराबाट आएको गोताखोरको टिमले मृतकका शव निकालिरहेका छन् । बस डोरीले तानेर पानीदेखि आधा बाहिर निकालिएको छ । जाजरकोट सदरमुकामबाट सुर्खेतको राकमतर्फ गइरहेको मध्यपश्चिम यातायात समितिको ना३ख १४०८ नम्बरको बस भुर गाविस–७ भुरचौर रावतगाउ“ नजिक सडकबाट दुर्घटना भई सडकदेखि ५० मिटर तल भेरी नदीमा खसेको थियो । नदीबाट बस र शव बाहिर निकाल्ने कार्य जारी रहेको छ । अहिलेसम्म निकालिएको शवमध्ये ३२ जनाको सनाखत भएको छ । बाँकी १५ जनाको सनाखत हुन बाँकी रहेको छ । सनाखत भएकामा गीता सुनार खलङ्गा–२ जाजरकोट, दुई वर्षीय आयूÈ मल्ल ढिमे–१ जाजरकोट, ४ वर्षीय पत्रिका बुढा रामीडाँडा–६ जाजरकोट, ४५ वर्षीय दलुप्रसाद जैसी डाँडागाउँ–४ जाजरकोट, ३६ वर्षीय गिरीराज रोकाय डाँडागाउँ–७ जाजरकोट, ३४ वर्षीय नरबहादुर बुढा डाँडागाउँ–७ जाजरकोट, २९ वर्षीय पृथीबहादुर बुढा डाँडागाउ–७ जाजरकोट रहेका छन् । त्ससैगरी २८ वर्षीय भीमबहादुर रोकाय डाँडागाउँ–९ जाजरकोट, ३६ वर्षीया कौशीला देवकोटा डाँडागाउँ–४ जाजरकोट, २१ वर्षीय तेज पुन डाँडागाउँ–७ जाजरकोट, १८ वर्षीय गणेश रोकाय डाँडागाउँ–७ जाजरकोट, २३ वर्षीय मुना बुढा रामीडाँडा–६ जाजरकोट, २ वर्षीया बबिता बुढा रामीडाँडा–६ जाजरकोट, ३२ वर्षीय प्रदेशसिंह खत्री खलङ्गा–३ जाजरकोट, २८ वर्षीय टेकजङ शाह खलङ्गा–५ जाजरकोट, ४५ वर्षीय तुलसी थापा खलङ्गा–१ जाजरकोट, ४२ वर्षीय रामबहादुर वली खलङ्गा–३ जाजरकोट, ३२ वर्षीय दीपक खड्का खलङ्गा–६ जाजरकोट, ३५ वर्षीय नरबहादुर विक खलङ्गा गाविस–३ जाजरकोट, ४४ वर्षीय रविन श्रेष्ठ सारदा नपा–२ सल्यान, ३५ वर्षीय लालबहादुर बुढा डाँडागाउँ–६ जाजरकोट, १७ वर्षीय मोतिकला मल्ल ढिमे गाविस–१ जाजरकोट, १८ वर्षीय भीमबहादुर विक भुर–३ जाजरकोट, ३६ वर्षीय भुपेन्द्र टमटा अमनपा–६ डडेल्धुरा रहेका छन् । त्यस्तै ५१ वर्षीय रुद्र गुरुङ चितवन मेछौली–८, ५३ वर्षीय चुके महतारा सीमा–९ जाजरकोट, २० वर्षीया बिन्दा शाही भुर–४ जाजरकोट, २१ वर्षीय धनबहादुर बुढा पुन्मा–२ जाजरकोट, २५ वर्षीय सर्जन विक भुर गाविस–३ जाजरकोट, २७ वर्षीया सपना सुनार बाँके नौवस्ता–२, ४२ वर्षीय विष्णु आचार्य पालुङटार–४ गोरखा र सकिल मिया २९ भारत मोतिहारी रक्सौल रहेका छन् । बसको पछाडिको भाग पानीमा रहेका कारण त्यहाँ पनि मृतक हुनसक्ने अनुमान गरिएको छ । उद्धारमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनता, राजनैतिक दल, जाजरकोट क्षेत्र नं १ का सभासद् शक्तिबहादुर बस्नेत लगायत खटिएका छन् ।