मुठभेड हैन सहकार्य आवश्यक, ऊर्जा श्रोतलाई उपयोग गरौं – अफगानी राष्ट्रपति असरफ घानी


Afghanistan President Delivers Remarks on 18th Saarc Summitअफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले राजनीतिक र आर्थिकरुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन यस क्षेत्रको ऊर्जाका स्रोतको सदुपयोग गर्न सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस क्षेत्रका मुलुकहरूबीच एकापसका आर्थिक सम्बन्ध विस्तार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरू हासिल गर्न पहल गर्नुपर्ने बताउनुभयो । सार्क क्षेत्रीय समन्वयका लागि उपयुक्त मञ्च भएको धारणा राख्दै उहाँले भन्नुभयो, “यस क्षेत्रमा दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरूलाई एकापसमा जोड्ने काम हुनुपर्दछ ।” उहाँले भन्नुभयो–‘‘पूर्वाधार विकास यस क्षेत्रको उन्नति र समृद्धिको पूूूर्व शर्त हो ।’’ सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन एकता’ सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले यस नारालाई सार्थक बनाउन भ्रष्टाचार, अन्याय र कुशासन अन्त्यका सामूहिक प्रयास हुनुपर्छ भन्नुभयो । वर्तमान विश्वलाई विभिन्नखालका वाकयुद्ध र तनाबबाट मुक्त बनाउने काम सबैका लागि प्रमुख चुनौतीको विषय भएको उल्लेख गर्दै उहाँले आफ्नो मुलुुकलाई अर्को कुनै राष्ट्रको विरुद्धमा उपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?