भिक्टोरिया राज्यमा लेबर पार्टीे विजयी, ड्यानियल एन्ड्रयूज समक्ष डेनिस नाप्थानेबाट हार स्वीकार
लिबरल पार्टी सम्मिलित संयुक्त सरकारबाट भिक्टोरिया राज्यमा भएको पछिल्लो चुनावबाट लेबर पार्टीले शासन सत्ता आफ्नो हातमा ल्याउने सफलता पाएको छ । केही पोष्टल भोटहरुको गणना बाँकी रहेपनि स्पष्टत लेबर पार्टीले विजय प्राप्त गरेको संकेत देखिएपछि हालका प्रिमियर डेनिस नाप्थानेबाट हार स्वीकार गर्दै ड्यानियल एन्ड्रयूजलाई बधाई दिएका छन् । यसको प्रत्युत्तरमा ड्यानियलले उनले सार्वजनिक सेवामा गरेको योगदानको कदर गर्दै भनेका छन्, हामी उनको स्थानीय समूदायमा गरेका कामको उच्च प्रशंसा गर्दछौं र डेनिस नाप्थाने, उनकी श्रीमती र उनको परिवारको उज्वल भविष्यको निम्ति कामना गर्दछौं ।