क्रिकेटको बल लागेर अम्पाएरको मृत्यु, ईजरायली क्रिकेटकर्मी स्तब्ध


Hillel Oscar.jpegअष्ट्रेलियामा क्रिकेट बल लागेर व्याट्सम्यानको मृत्यु भएको घटना सेलाउन नपाउँदै ईजरायलमा एक एम्पायरको क्रिकेट बलकै कारण मृत्यु भएको छ । एएफपीले जनाए अनुसार ५५ वर्षीय अम्पाएर हिलेल ओस्कारको मृत्यु भएको हो । उन

उनी ईजरायलको राष्ट्यि क्रिकेट टिमका पूर्व कप्तान थिए । प्रत्यक्षदर्शीका अनुसार तिव्र गतिमा आएको बल पहिले विकेटमा लागेको र त्यसपछि उक्त बलले अम्पाएरलाई लागेको थियो । एकिन जानकारी नआए पनि यस विषयमा अनुसन्धान भइरहेको र छिट्र्ट सत्यतथ्य बाहिर आउने विश्वास प्रहरीले लिएको छ । ईजरायलको राष्ट्रिय लिग क्रिकेट भइरहेको समयमा यस्तो घटना भएको छ । सबैजना आश्चर्यमा परेको र घटनालाई पत्याउन नसकेको पनि उनीहरुले प्रतिक्रिया दिएका छन् । केही दिन अघि मात्रै अष्ट्रेलियन व्याट्सम्यान फिलिप ह्यूजको बलले टाउकोमा लागेर मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?