जनकपुरमा बाउन्न फिट लामो धनुष हेर्न आकर्षण बढ्दो, जनक दरबार निर्माण गर्ने दाबी


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????धार्मिक एवम् ऐतिहासिक स्थलका रूपमा रहेको शिवगढी बाह्र विघामा आयोजना गरिएको धनुषा यज्ञ हेर्नका लागि अहिले भक्तजनको भीड लाग्ने गरेको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा आयोजना गरिएको सो धनुषा यज्ञ हेर्नका लागि अहिले श्रद्धालु आउने गरेका छन् । श्रद्धालुको आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेका कारण मेलाको समयावधिसमेत बढाइएको छ । धनुष यज्ञ महोत्सवमा निर्माण गरिएको ५२ फिट लामो धनुष हेर्नका लागि विशेष रूपमा श्रद्धालु आउने गरेका छन् । महोत्सवमा सीताको जन्मदेखि जनकको दरबारको प्रतिमासमेत निर्माण गरिएकाकारण श्रद्धालु आउने गरेका छन् । केही महिनापूर्व जनक दरबार निर्माण गरिने परिकल्पनासमेत गरिएको थियो । सो स्थानमा जनक दरबार निर्माण गरिनेसमेत लक्ष्य राखिएको छ । केही समयपूर्व सो स्थानमा पुरातत्व विभागले उत्खननसमेत गरेको थियो भने केही पुरातात्विक वस्तुसमेत भेटिएका थिए । धनुषा यज्ञमा राजा जनकको हलो जोतेको, सीता–राम विवाहलगायतका कुरा राखिएको छ, जसले सर्वसाधारणको आकर्षण बढेको हो । मेला आयोजक समितिका कोषाध्यक्ष रामवरण यादवले जनक दरबार निर्माणका लागि यज्ञ आयोजना गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?