म मेरो साथी फिलिपलाई यतैकतै पाउँछु : माईकल क्लार्क
क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको अन्त्येष्ठी गरिएको छ। उनको गृहनगर म्याक्सभिलमा सम्पनन अन्त्येष्ठीमा उनको शव भएको कफन अष्ट्रेलियन क्रिकेट टिमका कप्तान माईकल क्लार्कले पनि उठाएका थिए। यस क्रममा प्रतिक्रिया दिँदै उनले भनेका छन्, म विश्वास नै गर्न सक्दिन उनी गईसके। उनले मलाई हेर्नेछन् या छैनन् थाहा छैन तर म उनलाई हेरिरहनुछु, सधै । उनले भनेका छन् । अहिले प िफोन आउँछ कि जस्तो लाग्छ, उनी कुनै कुनामा बसेर हेरिरहेका छन् कि भन्ने लाग्छ। म जब त्यो ग्राउण्डमा गएँ, त्यहाँ उनी थिए। कसम उनी त्यहीँ थिए। शायद आत्मा भनेको यही होला कि ? उनले आफ्नो ह्दयस्पर्शी मन्तव्यमा भनेका थिए। प्रधानमन्त्री टोनी एबोटका साथै ३ सयदेखि ४ सयसम्म विशिष्ठ व्यक्तिहरु यस कार्यक्रममा उपस्थित भएका थिए। भने हजारौंको संख्यामा स्थानीय बासिन्दाहरु सहभागी बने। यस्तै अष्ट्रेलियाभरि नै उनको श्रद्धामा समवेदना व्यक्त गर्दै अष्ट्रेलिावासीहरुले क्रिकेट व्याट र हेल्मेट आफ्नो घर अगाडि राखेका छन्। प्रधानमन्त्री टोनी एबोट, विपक्षी नेता बिल सोर्टन लगायत न्यू साउथ वेल्सका प्रिमियर माईक बाईर्ड पनि सहभागी भएका थिए। विभिन्न प्रशारण संस्थाले यस घटनाको प्रत्यक्ष प्रशारण गरेका थिए।