तराईलाई जीवन्त राख्न चुरे जोगाउन आवश्यक नभए तराई बर्बाद हुने राष्ट्रपति यादवको भनाई


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????राष्ट्रपति डा रामवरण यादवले चुरेलाई जोगाउन नसके तराई बर्बाद हुने बताउनुभएको छ । नेपाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत भएको वृक्षरोपणको अवलोकन गर्न सिरहा जिल्लाको गोविन्दपुर आइपुग्नुभएका राष्ट्रपति यादवले यस्तो बताउनुभयो । उहाँले चुरे विनास हुन लागेपछि त्यसको प्रत्यक्ष असर तराईका जिल्लामा परेको बताउनुभयो । उहाँले चुरे संरक्षणको अभावमा तराईका जिल्लामा पानी, दूध, दही, माछा, काठ दाउरा र धानको अभाव हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पनि पानी पर्दथ्यो, बाढी आउँथ्यो तर केही क्षति हुँदैनथ्यो । अहिले किन यति क्षति हुन्छ ? मुख्य कारण हो चुरे जोगाउन नसक्नु । त्यसैले सबै मिलेर चुरे संरक्षण गर्नुको विकल्प छैन ।” अहिलेकै गतिमा चुरे उजाड भइरहे २१ देखि ३१ वर्षपछि तराई मरुभूमिमा परिणत हुने उहाँले बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अहिले चउरमा गाईभैँसी चराउँछौँ । तराई मरुभूमि भएपछि उँट चराउनुपर्छ, उँटकै दुध खानुपर्छ ।” “विसं २०३६ मा मैले आफ्नो आँगनमा खानेपानीका लागि हाते कल (पाइप) जडान गर्दा ४० फिटमै पानी आएको थियो,” उहाँले भन्नभुयो, “अहिले १५० फिटमा पनि पानी आउँदैन, किन ? चुरे संरक्षण नभएर । यो कुरा सबैले बुझेर चुरे संरक्षणमा लाग्नुपर्छ ।” करिब १२ मिनेट लामो सम्बोधन गर्नुभएका राष्ट्रपति यादवले राजनीतिक कुरा केही गर्नुभएन । उहाँले पटक–पटक चुरे संरक्षण गर्न नसके तराई बर्बाद हुने भन्दै संरक्षणमा जुट्न सबैसँग आग्रह गर्नुभयो । नेपाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालय, लहान, सिरहाले गोविन्दपुरमा १० हेक्टर जग्गामा मसला दुई हजार ८५० वटा, खयर १० हजार वटा, गम्हाईर तीन हजार ५० गोटा र बकाइनो १५० वटा बिरुवा रोपेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?