जनकपुरका बाइस नेपालीको अवस्था अज्ञात, सतलोक आश्रमबाट हराएपछि परिवारमा चिन्ता


satlokधार्मिक उद्देश्यले भारतको हिसार ९हरियाणा० जिल्ला चण्डीगढ रोड बराबालास्थित सतलोक आश्रममा गएका २२ नेपालीको अवस्था अज्ञात रहेको परिवारजनले जनाएका छन् । गत कात्तिक २८ देखि यही मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाहीमा उनीहरू हराइरहेकाले परिवारजनले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । परिवारजनद्वारा मन्त्रालयलाई दिइएको जानकारीअनुसार इटहरी सुनसरीका मुकेश कार्की र लक्ष्मण बस्नेत, ठिमी भक्तपुरका उमराज ढकाल, सखुआ महेन्द्रनगर धनुषाका ईश्वर श्रेष्ठ र गणेश महतोको अवस्था अज्ञात छ । त्यस्तै धनुषा औरही–२ का सन्तोष साह, काठमाडाँै गोँगबुका राजकुमार गिरी, बर्दिया–२ का नन्दराम खैरहा, सिरहा सिकरौन–८ का विजय साह, महोत्तरी भ्रमणरपुरा–४ का शिवपूजन साहको अवस्था पनि अज्ञात छ । यसैगरी कञ्चनपुर भीमदत्तनगरका सुरेश भट्ट र योगेश चन्द, मोरङ ऊर्लाबारीका सुरेश राई, सिरहा असनपुर–६ का विनोद यादव र सिरहा लालपुरका राम सोगारथ महतो पनि हराइरहेका छन् । हराइरहेका अन्यमा रौतहट मर्जादपुर–२ का दिनेश महतो र उमेश महतो, सिरहा बर्छावाका राजेन्द्र सादा र शिवचरण यादव, काठमाडौँ जोरपाटीका जाकिर हुसेन, धनुषा मधुकरहीका रामचन्द्र यादव र सिरहा चोहर्वाका उपेन्द्रप्रसाद सिंह छन् । पीडित परिवारले अज्ञात रहेकाहरूको खोजतलासका साथै जीवन रक्षाका लाग मन्त्रालयलार्ई आग्रह गरेका छन् । यसैबीच मन्त्रालयका कन्सुलर अधिकृत श्रीधर थापाले पीडित परिवारजनको जानकारी भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई दिनाका साथै आवश्यक पहल गरिदिन पत्राचारसमेत गरेको पीडित परिवारका निर्गुणकुमार महतोले बताउनुुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?