संविधानसभा बैठक मङ्गलबार बस्ने, संवाद समितिको प्रतिवेदन पेश भएपछि बोलाइयो बैठक


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????संविधानसभाको बैठक आगामी मङ्गलबार अपराह्न ३ बजेका लागि बोलाइएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदन पेस गरेपछि सभाध्यक्ष नेम्वाङले सो जानकारी गराउनुभएको हो । प्रमुख दलबीच संविधानका विवादित विषयमा लामो समयदेखि सहमति हुन नसकेका सन्दर्भमा लामो कसरतपछि संवाद समितिले संविधानसभामा प्रतिवेदन पठाएको थियो । प्रतिवेदन बुझाइएपछि दलबीच रहेको अविश्वास, तिक्तता र संवादहीनताको अवस्थालाई अन्त्य गर्न सहयोग पुगेको छ । नेपाली काँग्रेस र नेकपा(एमाले)लगायत सत्ताधारी दलले संविधानका विवादित विषयमा गत कात्तिकमा नौबुँदे प्रस्ताव पेस गरेपछि दलबीच संविधानका विवादित विषयमा टुङ्गो लाग्नाको साटो झन् विवाद बढ्दै गएको थियो । संविधानसभाका कुन प्रक्रियाबाट प्रतिवेदन पठाउने भन्ने विषयमा लामो माथापच्चीपछि दलहरूले संवाद समितिका सभापति डा भट्टराईलाई स्वविवेक प्रयोग गर्न सुझाएका थिए । दलहरूको सोही सुझावपछि सभापति डा भट्टराईले सभाध्यक्ष नेम्वाङलाई आज प्रतिवेदन बुझाउनुभएको हो । बुझाइएको प्रतिवेदनमाथि संविधानसभामा छलफल र मतदान भने नहुने भएको छ । प्रतिवेदन बुझेपछि सभाध्यक्ष नेम्वाङले दलहरूले संविधानका आधारभूत विषयमा सहमति जुटाएमा तथा संविधान जारी गर्न केही प्रावधान निलम्बन गर्नेमा सहमति जनाएमा आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न सकिने जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?