गम्भीर भएर दुई घण्टा छलफल गरे सहमति हुने, माघ ८ मै संविधान जारी हुन्छ: नेता भट्टराई


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले दलहरू गम्भीर भएर वार्तामा बस्ने हो भने माघ ८ मै संविधान जारी गर्न सकिने बताउनुभएको छ । आफ्नो पुख्र्याैली घर गोरखाको खोप्लाङ गाविसस्थित बेलबासमा पत्रकारसँग कुरा गर्दै सभापति भट्टराईले राजनीतिक दलका शीर्ष नेताहरू गम्भीर भएर दुईघण्टा मात्रै छलफलमा बस्ने हो भने विवादित विषयमा सहमति जुट्ने बताउनुभयो । कार्यतालिका छोट्याएर भएपनि संविधान जारी गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीयताको विषयमा दलहरू सहमति नजिक पुगेको उल्लेख गर्नुभयो । ‘सङ्घीयताको विषयमा त्यति धेरै विवाद बाँकी छैन’ उहाँले भन्नुभयो, ‘सङ्घीय प्रदेशको नाम जनताले राख्ने गरी सहमति नजिक दलहरू पुगेका छन् ।’ दश प्रदेश वा सात प्रदेशको मध्यबिन्दूमा सहमति हुने भन्दै उहाँले मध्यमार्घी बाटो अपनाउन दलहरूलाई सुझाव दिनुभयो । ‘कसैले हार्ने वा जित्नेगरी संविधान जारी गर्ने भन्ने होइन’ उहाँले भन्नुभयो, ‘सबैले जितेको आभाष गर्ने खालको संविधान जारी गर्नुपर्छ ।’ अहिलेको सरकारमा एमाओवादी प्रवेश नगर्ने स्पष्ट पार्दै सभापति भट्टराईले एमाओवादी सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?