मुलुकवासीलाई फुटाउने हैन जुटाउने खालको संघीयतासहित संविधान जारी गरिने एमाले नेता माधवकुमार नेपालको भनाई


Madhav_Kumar_Nepal1-640x480नेकपा ९एमाले०का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ मै संविधान जारी हुने ठोकुवा गर्नुभएको छ । नेकपा९एमाले० पर्वतको आठाँै जिल्ला अधिवेशनको सन्दर्भ पारेर आयोजना गरिएको कार्यकर्ता भेलालाई पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै नेपालले तोकिएकै मितिमा संविधान जारी गर्नका लागि दलहरूबीच सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘सहमतिका साथ तोकिएकै अवधिमा संविधान जारी गर्ने दायित्व भएकाले सबैले सहमति गर्नेछन्’ उहाँले भन्नुभयो ‘सहमतिका लागि सबै पक्षसँग छलफल भएकाले यो निष्कर्षमा पुग्नेछ’ नेता नेपालले मङ्सिर २३ गते हुने संवाद समितिको बैठकमा सबै दलको प्रस्ताव पेस भए पनि सहमति हुने जानकारी दिनुभयो । ‘‘मुलुकलाई अग्रगमनतर्फ लैजाने खालको संविधान जारी हुन्छ’’ उहाँले भन्नुभयो, ‘‘मुलकवासीलाई फुटाउने हैन जुटाउने खालको सङ्घीयतासहितको संविधान जारी हुन्छ ।’’ संविधान निर्माणमा केही जटिलताहरू देखिए पनि सबै हल भएर जाने बताउँदै उहाँले सहमतिको सम्भावना जीवितै रहेको र केही दिनमा विवादित विषय टुङ्गीनेछ भन्नुभयो । यसैगरी नेकपा९एमाले० पर्वतको आजदेखि सुरु हुने भनिएको अधिवेशनसम्बन्धी विवाद नेता नेपालको उपस्थितिमा समाधान भएको छ । केन्द्रीय कार्यालयका तर्फबाट पत्र पठाउने काम गल्ती भएको निष्कर्षसहित पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन पुस १, २ र ३ गते गर्ने गरी सहमति भएको हो । सहमतिपछि कार्यबाहक अध्यक्ष राजु पौडेल नेतृत्वमा आयोजना भएको अधिवेशनको उद्घाटन कार्यक्रम रोकिएको छ र अधिवेशन उद्घाटन कार्यक्रम कार्यकर्ता भेलामा परिणत गरिएको छ । पुसमा हुने अधिवेशन नेता नेपालले उद्घाटन गर्ने र पार्टी महासचिव ईश्वर पोखरेलसहितका अन्य केन्द्रीय नेता पनि सहभागी हुने सहमतिसमेत भएको छ । भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा९एमाले० पर्वतको अधिवेशनको मितिका विषयलाई देखिएको विवादले सिङ्गो पार्टीलाई कमजोर बनाउने बताउँदै अधिवेशन स्थगित गर्ने एकलौटी निर्णय सच्चाउँदै सहमति कायम गरेर पार्टीलाई बलियो बनाउने काम भएको बताउनुभयो । कार्यक्रममा एमालेका उपमहासचिव घनश्याम भुसालले जिल्ला अधिवेशनको तयारी सम्पन्न भैसकेपछि केन्द्रीय कार्यालयबाट पत्र पठाउने काम गलत भएको बताउँदै फिर्ता लिएको घोषणा गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?