मंसिर २५ गतेबाट सुरु हुने दक्षिण एशियाली मार्सल आर्ट महोत्सवको तयारी पूरा
प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घले जनाएको छ । महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा यही मङ्सिर २५, २६ र २७ गते दशरथ रङ्गशालाको कर्भड हलमा सञ्चालन हुने उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र युगान्डाले सहभागिता जनाउँदैछन् । किक बक्सिङ उमा कम्फू र जितकुन्डो खेलमा नेपालका करिब दुई सय र विदेशी ७० जना खेलाडीले महोत्सवमा युद्धकलाको प्रदर्शनी खेल देखाउने महासङ्घको कार्यवाहक अध्यक्ष निरन खड्काले जानकारी दिनुभयो । त्यस्तै आइटिएफ तेक्वान्दो, किक बक्सिङ, उमा कम्फू र जितकुण्डो खेलमा मैत्रीपूर्ण प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।