देश विकासको लागि अर्थविज्ञहरु जुट्दै, जिम्मेवार व्यवसाय प्रबद्र्धन गर्नका लागि सम्मेलन आयोजना गरिने


industryसमृद्ध नेपालका लागि जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य लिएर आगामी पुसमा ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन –२०१४’ आयोजना हुने भएको छ । ‘आर्थिक सफलताका लागि जिम्मेवार व्यावसायिक अभ्यास’ भन्ने नाराका साथ जिम्मेवार व्यवसायिक पहलको अभ्यासमा उद्योग व्यवसायका रणनीति एवम् कार्यसञ्चालनलाई प्रवद्र्धन गर्न सम्मेलनले सहयोग गर्ने विश्वास लिइएको छ । राष्ट्रिय व्यवसायिक पहलद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पद्म ज्योतिले उद्योगी व्यवसायीले नेपाल तथा नेपाली जनताको शान्तिपूर्ण विकासमा योगदान गरे मात्र दीगो आर्थिक समृद्धि सम्भव भएकाले त्यसका लागि सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले दिगो सम्वृद्धिका लागि व्यवसायी आफंैले स्वनियमनको माध्यमबाट आफ्ना आचरण सुधार गर्ने तथा जिम्मेवार व्यावसायिक अभ्यासलाई उद्योग व्यवसाय सञ्चालन गर्ने पद्धतिभित्रै समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो । सम्मेलनमा सोल्टि होटलका पूर्व अध्यक्ष प्रभाकर शमसेर राणाको रणनीतिक नेतृत्व, कोकाकोला प्रालिका निलिमा खेतानको ब्राण्ड (छवि) निर्माण, पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठको कार्य सञ्चालन प्रभावकारिता र उत्पादकत्व वृद्धि, नेपाल पूर्वाधार विकास लिमिटेडका अध्यक्ष कुशकुमार जोशीको सरोकारवालासँग सम्बन्ध विकास र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको नैतिक मूल्य स्थापना र कानुनको परिपालन विषयमा नेतृत्व गर्नुहुनेछ । सम्मेलनबाट व्यावसाय सञ्चालनमा लागि अध्ययन अनुसन्धान गरी सुसूचित निर्णय लिन सहयोग पु¥याउन विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भोजराज अर्यालले बताउनुभयो । सम्मेलनमा ५० भन्दा बढी वक्ताहरूको सहभागिता रहने र विभिन्न क्षेत्रका व्यावसायीको समेत सहभागिता रहनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?