एमालेको स्थायी समिति चयन, पोलिटव्यूरो सहमतिका आधारमा चयन गर्ने प्रयत्न जारी


cpn umlनेकपा (एमाले) को स्थायी कमिटीमा सहमतिका आधारमा तीन नेता थप भएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता झलनाथ खनाल (पदेन), तेस्रो वरियातामा रहनुभएका नेता माधवकुमार नेपाल र पुराना नेता मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा चयनको निर्णय गरेको हो । योसँगै स्थायी कमिटीको सङ्ख्या हाल १७ पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीसहित निर्वाचित १४ पदाधिकारी स्थायी कमिटीमा स्वतः रहनुहुनेछ । सचिव पृथ्वीसुब्बा गुरुङका अनुसार आज पोलिटब्युरो सदस्यको चयनपछि केही नेतालाई स्थायी कमिटीमा चयन गरिनेछ । त्यसमा नेताहरु शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र छविलाल विश्वकर्मा पर्ने लगभग निश्चित भएको छ । उक्त सहमतिलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया पूरा गर्नेछ । केन्द्रीय कमिटीले अध्यक्ष ओली र नेता नेपाललाई सर्वसम्मतिका आधारमा स्थायी कमिटी र पोलिटब्युरोका नाम तय गर्न जिम्मेवारी दिएको थियो । नेताहरुको सहमतिका आधारमा ३८ पोलिटब्युरोको चयनका लागि आयोगले आइतबार कार्यक्रम तय गरेको छ । स्थायी कमिटीका सदस्य पोलिटब्युरोमा स्वतः रहनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?