युक्रेनको सङ्घर्षमा मर्नेको सङ्ख्या चार हजार छ सय नाघ्यो, एक महिनामै ३ सय भन्दा बढीको मृत्यु
युक्रेनमा सरकारी सेना तथा रसियासमर्थक विद्रोहीबीच भएको सङ्घर्षमा एक महिनाभन्दा कम अवधिमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र हालसम्म चार हजार ६३४ व्यक्तिको मृत्यु जानकारी संयुक्त राष्ट्र सङ्घले द्वन्द्वको विषयमा प्रकाशन गरेको एक प्रतिवेदनमा भनिएको छ । अप्रिल महिनामा पूर्व सोभियत यस गणतन्त्रमा सङ्घर्ष आरम्भ भएपछि हालसम्म १० हजार २४३ व्यक्ति घाइते भएको जानकारी संयुक्त राष्ट्र सङ्घको मानवीय संस्था ओसीएचएले एक विज्ञप्तिमा दिएको छ । यस सङ्घर्षमा ११ लाख भन्दा बढी व्यक्ति विस्थापित भएको, ती मध्ये पाँच लाख ४२ हजार ८० आन्तरिक रूपमा विस्थापित भएको तथा पाँच लाख ६७ हजार ९५६ व्यक्ति छिमेकी मुलुकमा विस्थापित भएको जानकारी दिइएको छ । यी मध्ये चार लाख ६५ हजार ७२१ व्यक्ति रसियामा विस्थापित भएको बताइएको छ । प्रतिवेदनमा द्वन्द्वप्रभावित क्षेत्रमा ५२ लाख व्यक्ति बसोबास गर्ने गरेको जानकारी दिइएको छ ।