मिस वल्र्ड २०१४ को उपाधि चुमिन दक्षिण अफ्रिकाकी सुन्दरी रोलिनीले, नेपाली सुविन लिम्बु पहिलो चरणबाटै बाहिर 


miss world  miss world1 दक्षिण अफ्रिकाकी रोलिनी स्ट्रसले मिस वल्र्ड २०१४ को उपाधी चुमेकी छिन् । यस बर्षको विश्व सुन्दरी प्रतियोगिता बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको छ । विश्वका विभिन्न १२५ देशबाट सुन्दरीहरु प्रतिस्पर्धामा भाग लिन लण्डन पुगेका थिए । विश्व सुन्दरीको ताज पहिरिँदै गर्नँ रोलिनीको आँखा रसाएका थिए । उनले तपाई किन नयाँ मिस वल्र्ड बन्न चाहनुहुन्छ रु भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् ।top 3

यस्तै, फस्ट रनरअपको उपाधी हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जितेका छन् । विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए । त्यस्तै नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी थिइन्। सन् १९५१ पछि दोस्रो पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोस्रो चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए । मिस वल्र्डको स्टेजमा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा पुगेकी थिइन् । उनले विश्व सुन्दरी प्रतियोगिता जितेर आफूलाई धेरै उपलब्धी हासिल भएको बताइन् । साथै उनलाई सम्मान पनि गरिएको थियो। miss world 3

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?