पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान नै प्रमुख कार्यभार–भण्डारी
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण गर्नु नै मुलुकका लागि अहिले प्रमुख कार्यभार भएको बताउनुभएको छ । पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान आफ्नो पार्टीको ‘बटम लाइन’ हो, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उहा“ले भन्नुभयो,‘‘स्वायततासहितको सङ्घीयता र पहिचानसहितको संविधान आएमात्र मधेस र मधेसीको अधिकार पूरा हुने भएकाले यसका लागि आफ्नो दल कटिबद्ध रहेको छ ।’’ अध्यक्ष भण्डारीले तोकिएको समयमा संविधान बन्ने वा नबने अन्यौलता र अनिश्चितता बढेको अहिलेको अवस्थामा मुलुकको राजनीतिक दिशाले कुन स्वरूप लिने हो, त्यसमा स्वदेशी र विदेशीहरूको चासो बढेको चर्चा गर्दै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि सबै नागरिक सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । सो पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले लोकतान्त्रिक समाजमा मात्र सबैको अधिकार सुरक्षित हुने हु“दा लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई सबै पक्षले व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । यसअघि सो पार्टीद्वारा पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर, विभेद् प्रथाको अन्त्य गरी शासन हैन सेवामुखी प्रशासन कायम गर भन्ने नारासहित निस्केको ¥याली नगरको विभिन्न भागको परिक्रममा गरी माईस्थानमा पुगेर सभामा परिणत भएको थियो ।