जब भक्तहरु गुरुको शवलाई ‘डिप फ्रिज’ मा राखेर पर्खिरहेका छन्, अदालतले दियो आदेश फ्रिजमै राख्ने
भारतको उत्तरी भागमा जनवरी महिनादेखि ‘फिजर’ राखिएका मृत धर्मगुरुका भक्तहरूले कम्तिमा थप सात सातासम्म उनको अन्त्येष्टि हुन नदिन अदालतमा चलेको मुद्दा जितेका छन् । यसअघि हिन्दु धर्मगुरु आशुतोष महाराजको शवको अन्त्येष्टि गरिदिन अदालतले आदेश दिएको थियो भने उनका समर्थकहरू पञ्जावमा उक्त आदेश हाल कार्यान्वयन हुननदिन पुनरावेदन दिएका थिए । अधिकारीहरूले यी गुरुको जनवरी २९ मा मृत्यु भएको घोषणा गरेका थिए । पञ्जाव तथा हरियाणा उच्च अदालतको संयुक्त इजलासले अन्त्येष्टि फेब्रुअरी ९ सम्म नगर्न आदेश दिएको ती गुरुका आश्रमका प्रवक्ता स्वामी विशालानन्दले बताए । यी गुरुका भक्तहरूले आफ्ना आध्यात्मिक गुरुको मृत्यु नभएको र उनी गहन ध्यानमा रहेको दाबी गरिरहेका छन् । साथै उनीहरूले यी धर्मगुरु अन्त्यमा फर्केर आफूलाई मार्गदर्शन गर्ने पनि दाबी गरेका छन् । आशुतोषको शरीरलाई हाल नुरमहल नगरमा एक ‘फ्रिजर’मा राखी भक्तहरू त्यसको सुरक्षामा बसेका छन् भने यस शरीरका विषयमा महिनौँसम्म कानुनी मुद्दा चलेको छ । आशुतोषको उमेर ७० वर्ष भएको बताइएको छ र उनले दिव्य ज्योति जागृति संस्थालाई नेतृत्व दिएका थिए । यस संस्थाको विश्वमा दशौँ लाख भक्त भएको दाबी गरिएको छ । यी गुरुका छोराले आफ्ना पिताको अन्त्येष्टि हुनुपर्ने माग गरेका छन् भने उनका भक्तहरूले उनको अन्त्येष्टिको विरोधमा भारतको संविधानले दिएको धार्मिक स्वतन्त्रताको व्यवस्थालाई अगाडि बढाएका छन् । दुई सदस्युक्त इजलासले सोही अदालतको एक न्यायाधीशयुक्त इजलासले यसअघि डिसेम्बर १ मा दिएको अन्त्येष्टि गर्ने आदेशलाई स्थगन गरेको छ । उक्त निर्णयको अगाडि उनका हजारौँ भक्त नुरमलमा जम्मा भई आफ्ना गुरुलाई उच्च तहको ध्यान अर्थात समाधिमा निरन्तर रहनदिनुपर्ने माग गरेका थिए । आशुतोषको वेबसाइटमा यो अभियान सन् १९८३ मा स्थापना भएको र यसको विश्वभर आध्यात्मिक केन्द्र रहेको जानकारी दिएको छ । यसले आफ्ना गुरु ध्यानमा रहेको अवस्थामा यसका भक्तहरू यस अभियानको पक्षमा रहेकामा धन्यवाद दिएको छ ।