जागिर लगाइदिने भन्दै पोखरा लगेर जबर्जस्ती गर्ने टेलिकम हाकिमलाई ५ वर्ष कैद सजाय


rapeसर्वोच्च अदालतले  जबर्जस्ती करणी गरेको आरोप लागेका दूरसञ्चार संस्थानका कर्मचारी यादवप्रसाद घिमिरेलाई पाँच वर्ष कैद र रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठको संयुृक्त इजलासले बन्द इलासमा सुनुवाइ गर्दै तत्कालीन दूरसञ्चार कार्यालय वालिङ शाखामा कार्यरत घिमिरेलाई सो सजायँ गर्ने फैसला सुनाएको हो । निज घिमिरेले एक महिलालाई जागिर खुवाइदिने प्रलोभन देखाएर पोखरास्थित दूरसञ्चारको कार्यालयमा गएर अन्तर्वार्ता दिनुपर्छ भनी २०६४ पुस १७ गते पोखराको एक होटलमा जबर्जस्ती करणी गरेपछि पीडित महिलाले एसएमएसमार्फत प्रहरी बोलाएर पीडकलाई पक्राएकी थिइन् । सो मुद्दामा पोखरा जिल्ला अदालतका न्यायाधीश हरिकुमार पोखरेलले २०६५ माघ २९ मा पीडकलाई छ वर्ष कैद र रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो । पीडक घिमिरेबाट भएको पुनरावेदनमा पोखरा पुनरावेदन अदालतका न्यायाधीशद्वय ओम सुवेदी र खेमराज शर्माको संयुक्त इललासले माग दाबी पुग्न नसकेकाले र पीडकलाई गलत आक्षेप लगाएको भन्दै जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिएको थियो । पोखरा पुनरावेदन अदालतको फैसलाविरुद्ध पीडितले पुनः २०६६ फागुन ९ मा पुनः पुनरावेदन गरेकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?