सैनिक कारबाहीमा पाकिस्तानमा ६९ व्यक्तिको मृत्यु


Pakistan army troopsअफगानिस्तानको सीमाक्षेत्रनजिकै पाकिस्तानी आदिवासी इलाकामा आतङ्ककारी र सैनिकबीच भएको झडपमा ६९ आतङ्ककारीको मृृत्यु भएको समाचार छ । तालिवान आतङ्ककारीले पाकिस्तानी एक विद्यालयमा गरको आमहत्याको केहीदिन पछि पाकिस्तानी सैनिकले सो कारबाही गरेको बताइएको छ । पाकिस्तानको पेसावरमा रहेको सेनाद्वारा सञ्चालित एक विद्यालयमा भएको तालिवान आक्रमणमा १३२ बालबालिकासहित १४८ व्यक्तिको हत्या भएको थियो । खैवर पाख्तुनख्वाको टिराह क्षेत्रमा सुरक्षाबलले एम्बुस आक्रमणगरी ६९ आतङ्ककारीलाई मारेको बताइएको छ । खैबर क्षेत्रमा तालिवान र आतङ्ककारी समूहको शरणार्थी स्थलको रुपमा रहेको सैनिकाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । अर्को एक समाचारअनुसार आतङ्ककारीको एक समूह टिराह क्षेत्रबाट पाक–अफगान सीमामा सरेका जनाइएको थियो । सो समाचारका आधारमा पाकिस्तानी सेनाले पनि कारबाही जारी राखेको छ । आतङ्ककारी र प्रहरीबीच वुर्मागाइ र स्पुकोटमा भएको दाहोरो गोली हानाहानमा कम्ती ३२ आतङ्ककारीको मृत्यु भएको छ । सो कारबाहीको क्रममा तीन सुरक्षा अधिकारी घाइते भएका जनाइएको छ । तालिवानले गत जुनमा कराँची विमानस्थलमा आतङ्ककारी आक्रमण गरेयता  उत्तरी वाजिरिस्तानस्थित पाकिस्तानी सैनिकले भिषण कारबाही सुरु गरेका छन् । गत जुनदेखि जारी रहेका यी आक्रमणमा एक हजार ७०० भन्दाबढी आतङ्ककारीको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । यसै अवधिमा १२६ सैनिकले पनि ज्यान गुमाउनुपरेको सो स्रोतले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?