एभरेस्ट म्याराथनको तस्विर अङ्कित हुलाक टिकट प्रकाशन, सञ्चारमन्त्रीबाट पहिलो टाँचा


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????तेञ्जिङ्–हिलारी एभरेस्ट म्याराथनको तस्विर अङ्कित हुलाक टिकटमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले प्रथम दिवसीय टाँचा लगाउनुभएको छ । सो अवसरमा मन्त्री रिजालले टिकट प्रकाशनले नेपालको पर्यटनलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको यथार्थलाई स्वीकार गर्दै यसको सदुपयोगको दीर्घकालीन योजना बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । पर्यटन विकासकै लागि आवश्यक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निजगढ र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिँदै पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले तीव्रता दिइरहेको धारणा राख्नुभयो । मन्त्री रिजालले नेपाल विकासको युगमा प्रवेश गरेपनि संविधान लेखन प्रक्रियाले पूर्णता नपाउँदा मनोवैज्ञानिक अवरोध सिर्जना भइरहेको बताउनुभयो । सञ्चार मन्त्रालयका सचिव सुनिलकुमार मल्लले निजी क्षेत्रले सुरु गरेको एभरेस्ट म्याराथनको कार्यक्रमलाई सरकारको सहयोगको रुपमा टिकट प्रकाशनलाई लिनुपर्ने भनाइ राख्नुभयो । हुलाक सेवा विभागले प्रकाशन गरेको सो टिकटको मूल्य रु तीन रहेको छ । टिकटको आकार ३२×३२ मिलिमिटर र पाँच रङ रहेको तथा १० लाखप्रति छापिएको हुलाक सेवा विभागका महानिर्देशक बाबुराम पाण्डेले जानकारी दिनुभयो । एभरेस्ट म्याराथनका संयोजक विक्रम पाण्डेले सगरमाथाको चुचुरोमा मानव पाइला पुगेको पचास वर्ष पुगेको उपलक्ष्यमा म्याराथन सुरु गरिएको स्मरण गर्नुभयो । सगरमाथा आधार शिविर (५३६४ मिटरबाट) बाट सुरु हुने तेञ्जिङ–हिलारी एभरेस्ट म्याराथन संसारको सर्वोच्च स्थानमा आयोजना हुने म्याराथन दौडकोे रुपमा पहिचान गर्दै टिकट प्रकाशन गरिएको हो । वि.सं.२०६० देखि आरम्भ गरिएको यो दौडका क्रममा प्रत्येक वर्ष सगरमाथा आधार शिविरको सुरुवाती विन्दुबाट तल झरी ४२ किलोमिटरको दुरीमा नाम्चे बजार (३४४६ मिटर)मा पुगी अन्त्य हुने गर्दछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?