पहिलो खेलमा नेपालको जीत, माल्दिभ्स पराजित


????????????????????????????????????????????????????????????????????प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको सो प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । खेलको पहिलो सेटमा खासै राम्रो प्रर्दशन गर्न नसकेको नेपालले दोस्रो र तेस्रो सेटमा भने उत्कृष्ट प्रर्दशन ग¥यो । नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–१९, दोस्रो सेट २५–११ र तेस्रो सेटमा २५–१३ ले पराजित गर्न सफल भयो । त्यस्तै यसअघि सेप्टेम्बरमा घरेलु मैदानमा नै भएको मैत्रीपूर्ण खेलमा पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । दक्षिण एसियास्तरीय प्रतियोगितामा भने नेपालले आठ वर्षपछि पहिलोपटक सहभागिता जनाएको हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा सम्पन्न दशाँै साग खेलकुद प्रतियोगितामा नेपालले भाग लिएको थियो । त्यतिबेला नेपाली महिला भलिबल टोलीले नेपाललाई कास्यपदक दिलाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?