नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको नयाँ कार्यसमितिलाई शुभकामना


IMG_5185 copyनेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको आठौं वार्षिक साधारणसभाको निर्णयहरुबारे जानकारी दिन एक कार्यक्रमको आयोजना गरिएको छ । आइतबार प्रिन्सेस स्ट्रिट, क्यान्टोबरीमा रहेको कम्युनिटी हलमा आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चित्र तुम्बाहाम्फेलाई निवर्तमान अध्यक्ष गणेश तामांगले औपचारिक रुपमा कार्यभार हस्तान्तरण गर्नुभयो । कार्यक्रममा आदिवासी जनजाति आन्दोलनमा सहयोग गर्ने प्रतिनिधिहरुका साथै विभिन्न संघ संस्थाका पदाधिकारी समेत सहभागी थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरुले निवर्तमान अध्यक्ष गणेश तामांगको कार्यशैलीको प्रशंसा गरेका थिए । आगामी दिनमा अझै सशक्त रुपमा मञ्च अघि बढ्न सकोस् भन्ने कामना पनि सबैको थियो । कार्यक्रमको सभापतित्व गरिरहनुभएका पूर्वअध्यक्ष तामांगले नेपाली नेपालीबीचको एकतालाई पनि कायम राख्दै अधिकारको लडाईमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अब संघीय समाजवादी पार्टीको अष्ट्रेलिया प्रमुखका रुपमा आपूm अघि बढ्ने र जनजातिका मुद्दामा सदैव अग्रमोर्चामै रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साधारणसभाबाट अध्यक्षमा चित्रबहादुर तुम्बाहाम्फे, उपाध्यक्षमा अरुण तामांग, महासचिवमा समिर बान्तवा, कोषाध्यक्षमा सुदीप गौचन, प्रकाशन संयोजकमा आशिष लोहरुंग, आमसञ्चार सचिवमा लिल गुरुंग र सदस्यहरुमा लक्ष्मण गुरुंग, शशी लिम्बु, योगेन्द्र राई रहेको कार्यसमिति चयन गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?