सुरुभयो मेलबर्नमा नेपालीहरुको खेलकुद महाभेला


interstateअष्ट्रेलियामा रहेका नेपालीहरुको अन्तरराज्य खेलकुद प्रतियोगिता मेलबर्नमा सुरु भएको छ। आज विहानबाट सुरु भएको यस प्रतियोगिताका विभिन्न विधामा सबै राज्यबाट खेलाडीहरु सहभागी भएका छन्। आजको खेलअघि शुक्रबार भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले खेलाडीहरुको सम्मानमा भोजको आयोजना गर्नुभएको थियो। आफ्नो समूदायको शिक्षा, स्वास्थ्य र सम्मानका निम्ति उनीहरुले सहकार्य गरिरहेका छन् । अष्ट्रेलियाका सबै राज्यबाट नेपााली खेलाडीहरुले विभिन्न ५ विधामा सहभागिता जनाएका छन्। क्रिकेट, टेनिस, व्याडमिन्टन, टेबल टेनिस र गल्फका खेलहरुमा प्रतिस्पर्धा र सहकार्यको माध्यमबाट उत्कृष्टताको चयन हुनेछ । प्रतियोगिताका विजयीहरुलाई भोलि आयोजना गरिने गाला डिनर र पुरस्कार वितरण समारोहमा सम्मानित गरिनेछ । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले यस वर्षको कार्यक्रम आयोजना गर्दैछ । यसअघि सिड्नीमा एनआरसीले यस किसिमको जमघट गरेको थियो । हरेक पटक विभिन्न राज्यहरुमा यसैगरी संयुक्त रुपमा आयोजना गरिने र सकेसम्म धेरैभन्दा धेरै नेपालीलाई समेट्ने प्रयत्न गरिएको छ। तस्वीर ःसोलांचर

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?