गजमेरको यौनधन्दा सार्वजनिक, विर्तामोडको होटलबाट ६ जनासहित सञ्चालक पक्राउ


handइलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित छ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई युनिक र सिक्किम होटलबाट आपत्तीजनक अवस्थामा पक्राउ गरिएको बताइएको छ । केही दिनदेखि चितवन, काठमाडौँ, धरान र पोखराबाट ती होटलमा २०÷२२ वर्षका केटी राखेर गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी छ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?