एयर एशियाको बेपत्ता विमानको भग्नावशेष समुद्रमा, तीन शव संकलन


bodiesएयर एशियाको बेपत्ता विमानको भग्नावशेष जाभा समुद्रमा भेटिएको छ । समुद्रमा तैरिरहेका तीन शवलाई उद्धारकर्मीहरुले संकलन गरेका छन् भने पानीको सतहमा विमानका ढोका लगायत अन्य भग्नावशेष तैरिएका छन् । केही उद्धारकर्मीहरुले माथिबाट पानीभित्र एयर एशियाको विमानको छायाँ देखेको बताएका छन् । संकलन गरिएका भग्नावशेषबाट ति टुक्राहरु बेपत्ताविमानको नै भएको पुष्टि भएपछि ईन्डोसियाका अधिकारीहरुले यस कुराको पुष्टि गरेका हुन् । सुरुमा केही अधिकारीहरुलाई हवाला दिँदै ४० शव भेटिएको बताइए पनि तीन वटा शव मात्रै भेटिएको स्पष्ट भएको छ । ईन्डोनेसियाको सुरवायाबाट सिंगापुरतर्फ उडेको विमान गत आइतबार बेपत्ता भएको थियो । बेपत्ता विमान दुर्घटना भएको खबर लगत्तै परिवारमा शोक छाएको छ । ईन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले शोकमा रहेका परिवारलाई भेटेका छन् भने सामवेदना व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?