सचेतकहरुसँग संविधान सभाध्यक्षको छलफल, माघ ८ मा संविधान जारी गर्ने उपाय सुझाउन आग्रह


suvasसंविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने उपाय र विधि सुझाउन प्रमुख दलका मुख्य सचेतकलाई आग्रह गर्नुभएको छ । सभाध्यक्ष नेम्वाङले आफ्नै कार्यकक्ष सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का प्रमुख सचेतकलाई बोलाएर जनप्रतिबद्धताअनुसार संविधान जारी गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो । एमालेका प्रमुख सचेतक अग्नि खरेल काठमाडौँ बाहिर रहनुभएका कारण सभासद् डा राजन भट्टराई सो बैठकमा सहभागी हुनुभएको थियो । संविधानका विवादित विषयमा सहमति गर्ने आधार के हुन सक्छ, सहमति नभए प्रक्रियामा जानका लागि के कसरी अगाडि बढ्न सकिन्छ तथा दुई वटै अवस्था नभए आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे आआफ्ना दलका शीर्ष नेतासँग छलफल गरी सुझाव दिन सभाध्यक्षले प्रमुख सचेतकलाई ध्यानाकर्षण गराएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो । बैठकमा काँग्रेसका चीनकाजी श्रेष्ठ, एमालेका डा भट्टराई, एमाओवादीका गिरिराजमणि पोखरेल, राप्रपा नेपालका गिरी र फोरम (लोकतान्त्रिक)का रामजनम चौधरी सहभागी हुनुहुन्थ्यो । सभाध्यक्ष नेम्वाङले संविधानका विवादित विषयमा सहमति पनि नहुने र प्रक्रियामा जान पनि नसक्ने अवस्थाले मुलुक अनिर्णयको बन्दी भएको, जनतामा व्यापक मात्रामा निराशा पैmलिएको, दलहरूले पूर्वप्रतिबद्धता भुलेको भन्दै गम्भीर ढङ्गले आत्मसमीक्षा गर्नसमेत आग्रह गर्नुभएको थियो । ‘‘सभाध्यक्षले सधँै मुलुकलाई अनिर्णयको बन्दी बनाउन सकिँदैन, सहमति गर्ने हो भने पनि तत्काल सहमति हुनुप¥यो, होइन प्रक्रियामा जाने हो भने पनि त्यसमा सबै दल सहमत हुनुप¥यो भन्नुभयो, हामीले आआफ्ना कुरा राख्यौँ’’ छलफलमा उठेको विषयवस्तु उद्धृत गर्दै गिरीले भन्नुभयो । छलफलमा सभाध्यक्ष नेम्वाङले दलहरूले दुई घन्टामा विवादित विषयमा सहमति हुन्छ भनेको लामो समय भ एपनि त्यो समय कहिल्यै नआएको भन्दै किन त्यस्तो भएको हो भन्ने जिज्ञासासमेत राख्नुभएको थियो । संविधानसभाको अध्यक्ष पद तटस्थ रहेको र दलको निर्णय र सहमतिलाई कार्यान्वयन गर्ने आफ्नो कर्तव्य रहेको जानकारी गराउँदै उहाँले पूर्वप्रतिबद्धतालाई तत्काल कार्यान्वयनमा ल्याउनसमेत प्रमुख सचेतकको ध्यानाकर्षण गराउनुभएको थियो । सभाध्यक्षले बुधबार प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि छलफल गर्नुहुने छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेस गरेको प्रतिवेदनमाथि छलफल जारी रहेको र बुधबार सो छलफल टुङ्गिने भएकाले आगामी दिनमा के गर्ने भन्नेबारे नेम्वाङले दलहरूको निर्णय पर्खनुभएको बुझिएको छ । ा नेम्वाङले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ । बैठकमा संविधानसभाको बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिइने विश्वास गरिएको छ । प्रमुख सचेतक गिरीले सभाध्यक्षले असाध्यै मर्मका साथ विषयवस्तु राख्नुभएको जानकारी दिँदै सहमति वा प्रक्रियाका विषयमा के गर्ने भन्नेबारे दलहरूले तत्काल निर्णय गर्नुपर्ने स्थिति देखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?