काठमाडौंमा मनाइयो नेवा एकता दिवस, बाजागाजासहित ¥याली र झाँकी प्रदर्शन


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेवाः पहिचानसहितको स्वायत्त नेवाः राज्य स्थापनाका लागि बसन्तपुरमा नेवाः एकता दिवस मनाइयो । नेवाः राज्य मङ्का सङ्घर्ष समितिको आयोजनामा भएको पाँचौँ नेवाः एकता दिवसको अवसरमा विभिन्न बाजागाजासहित उपत्यका नेवार समुदायले बसन्तपुरबाट ¥यालीसमेत गरेका थिए । सो अवसरमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले सम्पूर्ण पिछडिएका वर्गको अधिकार स्थापना हुनेगरी पहिचानसहितका सङ्घीय राज्य प्राप्त नभएसम्म निरन्तर आन्दोलनमा उत्रने चेतनावनी दिनुभयो । नेवाः राज्य मङ्काः सङ्घर्ष समितिका सचिवालय सदस्य मल्ल के सुन्दरले नेपाली काँग्रेस र नेकपा (एमाले)बाट प्रस्तावित सात प्रदेश आफूहरूलाई मान्य नहुने र स्वायत्ततासहितको नेवाः राज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताउनुभयो । सो अवसरमा नेवाः राज्य मङ्काः सङ्घर्ष समितिका सदस्य शोभा बज्राचार्य, राजभाइ जकमी र ज्यापु समाजका ललितपुरका अध्यक्ष मङ्गल महर्जनलगायतले विभिन्न समयमा भएका आन्दोलनबाट प्राप्त अधिकारलाई संविधानमा संस्थागत गर्नुपर्ने र स्वायत्त नेवाः राज्य स्थापनाका निरन्तर आन्दोलन गर्ने बताउनुभयो । कार्यक्रममा बनेपा, पनौती, काठमाडौँ, कीर्तिपुर, भक्तपुर, थिमि, ललितपुर, खोकना, साँखु, टोखा, बलम्बुलगायतका क्षेत्रबाट आएका नेवार समुदायका मानिसहरूको सहभागिता थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?