नयाँ वर्ष २०१५ को स्वागत, आतिशबाजीले सिड्नीको आकाश चम्कियो


new yearनयाँ वर्षको स्वागत गरिएको छ। विश्वका विभिन्न ठाउँमा गरिने आतिशवाजी जस्तै सिड्नीमा पनि भव्य समारोहका साथ आतिशवाजी गरियो। सिड्नीको हार्बर ब्रिज ओपेरा हाउस वरिपरिका क्षेत्रमा करिब १६ लाख मानिसको उपस्थितिका बीच राति ९ बजे र मध्यरात १२ बजे ठूलो मात्रामा आतिशवाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको हो। आतिशबाजी हेर्नका निम्ति केही दिन अघि देखि नै राम्रा ठाउँ ओगटेर मानिस बसिरहेका थिए । आतिशवाजी करिब ७ मिलियन अर्थात् नेपाली ७१ करोडको खर्च भएको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?