माघ १ मा दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिप हुने


martialस्टुडेन्ट ओलम्पिक सङ्घ नेपालको आयोजनामा प्रथम दक्षिण एसियाली मार्सल आर्ट प्रतियोगिता आगामी माघमा हुने भएको छ । सङ्घद्वारा आगामी माघ १ गतेदेखि राजधानीमा सञ्चालन हुने उक्त प्रतियोगितामा कराँते, किक बक्सिङ, तेक्वान्दो, उसुलगायत खेलमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव पुरुषोत्तम बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानका गरी करिब ५०० खेलाडीले कुल ५० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछन् । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु २० लाख खर्च लाग्ने आयोजकले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?